काठमाडौ, १७ कात्तिक(एजेन्सी) : भारतको झारखण्डको जमशेदपुर नजिकै पटमदाको गाडीग्राममा मानिसले एउटा अनौठो घटना देख्न पाए जसलाई उनीहरुले क्यामरामा समेत कैद गर्न सफल भएका थिए । जब त्यहाँका मानिसहरू हराएको बाख्रा खोज्न गए तब अजिङ्गरलाई लठ्ठीले पिटेपछि अजिङ्गरले निलेको बाख्रा निकालिदियो ।
अजिङ्गरले निलेर निकालेको बाख्रा पहिले नै मरिसकेको थियो र अजिङ्गर पनि पिटाईका कारण मर्यो । अनौठो कुरा के भने अजिङ्गरले बाख्रा निलेको घटना त सामान्य हो तर निलेको बाख्रा निकाल्नु नै हो । केही मानिसहरूले यो घटना पहिले कहिल्यै पनि थाहा नभएकाले यो नै यस्तो पहिलो घटना हुन सक्ने बताएका छन् ।
गाऊँका शम्भु सिंहको बाख्रा शनिबार बेलुकादेखी नै हराएको थियो । बिहान जब उनी बिहान बाख्रा खोज्नका लागि डुंगरी गाँऊमा पुगे, तब उनले झाडीमा एक अजिङ्गर जो एकदम नचलि बसिरहेको थियो । उनले बाख्रा त्यही अजिङ्गरले खाएको शंका गरे र गाउँलेलाई बोलाए ।
यसपछि उनीहरूले अजिङ्गरलाई लठ्ठी, ढुङ्गाले पिट्न थाले । गाउँलेको पिटाईबाट घाइते भएको अजिङ्गरले आफूले निलेको बाख्रा निकाल्न थाल्यो । उसले आफ्नो शरिर मोडेर दुई घण्टाको कोशिशपछि बाख्रा निकाल्यो । यसपछि मानिस अजिङ्गरलाई पनि बोकेर गाउँमा पुर्याए र पिटेर ज्यान लिएपछि पुनः जंगलमा नै फ्याकिँदिए ।
Comments are closed.