भ्लादिमिर पुटिनका राष्ट्रपतिकाे यी हुन् ३० वर्ष कान्छी श्रीमति

632
  •  
  •  
  •  

६ चैत्र : भ्लादिमिर पुटिन चौथो पटक रुसका राष्टपति बनेका छन् । उनी संसारभर आफ्नो कडा व्यवहार र फिटनेसका कारण जति चर्चित छन् उत्तिकै उनको व्यक्तिगत जीवनको बारेमा धेरैलाई निकै कम जानकारी छ । उनी आफ्नो व्यक्तिगत जीवनलाई मिडियाबाट टाढा राख्छन् । उनको श्रीमतीसँग सम्बनधविच्छेद भइसकेको छ तर कैयौं महिलाहरुसँग उनको सम्बन्धको चर्चा चलिरहन्छ । यसमा सबैभन्दा बढी चर्चित छिन् एलिना काबाएवा । ३५ वर्षकी एलिना ओलम्पिकमा स्वर्ण पदक जितेकी खेलाडी पनि हुन् । मिडिया रिपोर्टका अनुसार पुटिन र एलिनाको सम्बन्ध २००८ मा सुरु भएको थियो ।

पुटिन एलिनाको खबर पहिलोपटक २००८ मा मस्कोको समाचारपत्रमा छापिएको छ । यो पत्रिका मिडिया टाइकुन र रुसका जासुस अलेक्जेन्डर लेबेदेवको हो । २०१४ मा पुटिनले आफ्नी पत्नी ल्युडमिलासँग सम्बन्धविच्छेद गरेपछि उनको एलिनासँगको सम्बन्धले चर्चा पाएको थियो । कैयौं कार्यक्रमहरुमा यी दुई सँगै भएका फोटोहरु पनि सार्वजनिक भएका छन् । तर सबै ठाउँमा दुवै फरक फरक भूमिकामा देखिएका थिए । २०१५ मा एलिनाको हातमा ‘वेडिङ रिङ’ देखिएपछि भने पुटिनले उनीसँग बिहे गरेको चर्चा चल्यो ।

यसपछि २०१५ मै पुटिन फेरि पिता बन्न लागेको चर्चा पनि चल्यो । दोस्रो विश्वयुद्धको ७० औं वार्षिकीमा एलिना एक कार्यक्रममा अतिथिको रुपमा पुग्दा उनको शरीर भारी देखिएको थियो । उनले रातो रंगको निकै खुल्ला कपडा लगाएकी थिइन् । यस्तो देख्दा एलिना गर्भवती भएको चर्चा चलेको थियो । २०१५ मो मार्चमा एलिनाले स्विटजरल्याण्डको टिसिनोमा एक भीआइपी अस्पतालमा बच्चा जन्माइन् । यसै वर्ष डेलीमेलको अनलाइनले ‘के एलिनाले पुटिनको बच्चा जन्माएकी हुन् ?’ भनेर लेखेको थियो । यद्यपि पुटिन, एलिना वा उनको परिवारले यस विषयमा कुनै जवाफ दिएनन् । पुटिनका प्रवक्ता दिमित्री पेस्कोवले भने पुटिन पिता बनेको खबर गलत भएको बताएका थिए ।

३५ वर्षकी एलिना रुसकी रिटाएर्ड जिम्नास्ट हुन् । तीन वर्षको उमेरदेखि उनले जिम्नास्टिकको प्रशिक्षण लिएकी थिइन् । २००४ मा ग्रीसको एथेन्समा भएको ओलम्पिकमा उनले जिम्नाटिकमा स्वर्ण पदक पनि जितेकी थिइन् । यसका अलावा उनले दुई विश्व च्याम्पियनशिपमा ८ स्वर्णपदक जितेकी छिन् । उनी रुसको भोग म्यागजिनको कभरमा पनि देखिइसकेकी छिन् । उनले गायनमा पनि करिअर बनाउने प्रयास गरेकी थिइन् । उनले केही समय रुसको राजनीतिमा पनि भाग्य परीक्षण गरिन् । एलिना २००७ देखि २०१४ सम्म संसद सदस्य समेत रहिन् ।एजेन्सी


  •  
  •  
  •