गिरिजाका विरोधी हावी हुँदा संविधान यात्रा जटिल

215
  •  
  •  
  •  

prachandaसर्लाही, ७ चैत(ओएनएस) : एमाओवादीका अध्यक्ष तथा ३० दलीय गठबन्धनका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमतिमा संविधान निर्माण गर्नका लागि अझै पनि वार्तामा बस्न तयार भएको बताएका छन् ।

प्रतिगमन विरुद्धको जनसभामा भाग लिन शनिबार सर्लाहीको ग्रामीण भेग हरकटवामा आएका दाहालले सत्तापक्षको अडानका कारण सहमतिको वतावरण बिग्रिएको बताए ।

उनले विस्तृत शान्ति सम्झौता, मधेस आन्दोलनपछिको सम्झौताको भावनालाई संविधानमा समेटिनुपर्ने बताए । शान्ति सम्झौतको जिवित हस्ताक्षरकर्ता भएकाले आफूले निकै लचकता अपनाएको दावी गर्दै उनले शान्ति सम्झौता र संघीयता विरोधी एमाले अध्यक्ष केपी ओली शक्तिमा रहेको र सम्झौताका सहयोगी एमाले नेता नेपाल कमजोर भएका कारण संविधान यात्रा जटिल बनेको बताए । उनले भने, ‘शान्ति सम्झौता, मधेस आन्दोलन र अन्य सम्झौतामा कोइरालाले हस्ताक्षर गर्दा काँग्रेस र एमालेबाट विरोध गर्ने नेता बलियो भएका छन् । हस्ताक्षर गर्ने नेता कोइरालाको मृत्यु भयो भने साक्षी एमालेका नेता माधवकुमार नेपाल पार्टीमा कमजोर भएका छन् ।’

विगतमा राजा महाराजाले जस्तै जवर्जस्ती गरे आन्दोलन कुनै हालतमा नरोकिने उनले चेतावनी दिए । ‘राजधानीमा फागुन १६ गते भएको जनसभापछि सत्तापक्षमा केही लचकता आयो,’ उनले भने, ‘सायद दवाब अझै पुगेको छैन् । बाध्य भएर दोस्रो आन्दोलन घोषणा गरेका हौं ।’

हेलिकप्टर चार्टर गरेर आएका दाहाल विभिन्न पार्टी परित्याग गरेका कार्याकर्तालाई एमाओवादीमा फुलमाला लगाएर प्रवेश गराएका छन्। सर्लाही क्षेत्र नं. ६ बाट गत संविधान सभाको चुनावमा सदभावना पार्टीबाट उम्मेदवार भएका फकिरा महतो सहितका कार्यकर्ता एमाओवादी प्रवेश गरेका हुन् ।


  •  
  •  
  •