पुष्पलाल स्मृति दिवस मनाइदै

284
  •  
  •  
  •  

काठमाडौं, ७ साउन (ओएनएस) । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको ३६ औं स्मृति दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइदैछ ।

नेकपा एमालेले पुष्पलालको स्मृति पार्क चम्पादेवीमा विशेष कार्यक्रमको आयोजना गरेको छ । एमाओवादीले पनि पार्टी कार्यालयमा पुष्पलालको स्मृति दिवस मनाउने भएको छ । त्यस्तै अन्य कम्युनिस्ट पार्टीहरुले पनि विभिन्न कार्यक्रम गरेको पुष्पलालको स्मृति दिवस मनाउँदैछन् ।

२००६ सालमा भारतको कोलकतामा कम्युनिस्ट पार्टीको स्थापना गर्दा सम्मुन्नत राष्ट्र निर्माण गर्ने र नेपाली जनताको मुक्तिको अभिभारा पूरा गर्ने लक्ष्य पुष्पलालले लिएका थिए । उनी नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव थिए ।

वि.सं १९८१ असारमा रामेछापमा जन्मिएका श्रेष्ठ वैचारिक रुपले सशक्त र प्रेरणादायी नेताका रुपमा परिचित छन् । श्रेष्ठले परिवर्तनका लागि प्रस्ताव गरेको कृषिक्रान्तिको आवश्यकता अझै पनि उत्तिकै महत्वपूर्ण रहेको कम्युनिस्ट नेताहरुको दाबी छ ।

राणा आन्दोलनमा सहिद भएका गंगाला उनको सहोदर दाजु हुन भने एमाले नेतृ साहाना प्रधान पुष्पलालकी श्रीमती हुन् । हाल प्रधान पनि अस्वस्थ छिन् ।


  •  
  •  
  •