नेपालीको शिर उँचो हुने गरी नाकाबन्दीको अन्त्य : प्रचण्ड

237
  •  
  •  
  •  

दाङ, २६ पुस(ओएनएस) : एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालीको राष्ट्रियता र स्वाभिमानको शिर झुक्ने खालको कुनै सम्झौता नगरी देशको समस्या समाधान गरिने बताएका छन् ।

आइतबार क्रान्तिकारी पत्रकार संघ दाङको तेस्रो जिल्ला सम्मेलन उद्घाटन गर्दै प्रचण्डले उनले मधेसी मोर्चालाई सहमतिमा ल्याउने प्रयास अन्तिम चरणमा पुगेको भन्दै केही दिनमा नै सहमति भएर नाकाहरू खुल्ने बताएका छन् ।

उनले कुटनीतिक तरिकाले नै नाकाबन्दीको समस्याको समाधान गरिने बताएका छन् । उनले नाकाबन्दीलाई नेपालीको स्वाभिमान उच्च राख्ने र आत्मनिर्भर बनाउने अवसर भएको बताउँदै भने, ‘नेपालीको शीर उँचो हुने गरी नाकाबन्दीको समस्या हल हुन्छ ।’

संविधान जारी भएपछि देशले असाधारण सामना गरिरहेको भन्दै प्रचण्डले नेपाली समुदायलाई एकताको शुत्रमा बाध्नुपर्ने बताए । उनले अहिलेको चुनौतिसँग जुध्नका लागि सबै राजनीतिक दलहरूबीच एकताको आवश्यकता रहेको भनाई राखेका छन् ।

नेपालीले आत्मनिर्णयको प्रयोग गर्दै पहिलोपटक बनाएको संविधान समावेशी र समानुपातिक भएपनि केही व्यक्ति र समूहलाई चित्त नबुझ्दा देशले नाकाबन्दीको मार खेप्नुपरेको बताएका छन् ।


  •  
  •  
  •