मत माग्दै दाहाल बर्दियामा

149
  •  
  •  
  •  

बर्दिया, ४ असार (ओएनएस) । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले संविधान नबने आफ्नो दलले आन्दोलन गर्ने चेतावनी दिएका छन् । बर्दियाको बाँसगढी बजारमा बुधबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनी सो क्षेत्रमा आफ्नो पार्टीका लागि भोट माग्दै घरदैलो कार्यक्रममा पनि सहभागी भए । उनले आफ्नो पार्टी जातीय, क्षेत्रीय, वर्गीय र उत्पीडित जनताको पक्षमा सधँै साथमा रहने उल्लेख गरे ।

चुनाव प्रचारप्रसारका लागि बुधबारै बर्दियाको बेलुवामा एमाओवादी नेता नारायणकाजी श्रेष्ठ, कालिकामा कृष्णबहादुर महरा र सोरहवामा शतिmबहादुर बस्नेतले चुनावी सभालाई सम्बोधन गरे ।


  •  
  •  
  •