विश्वले समेत कल्पना नगरेको नाकाबन्दी : प्रचण्ड

303
  •  
  •  
  •  

कैलाली, ४ माघ(एजेन्सी) : एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसी दलहरूसँगको वार्ता सहमति नजिक पुगेको भन्दै भोलीसम्म निष्कर्ष निस्कने बबताएका छन् ।

धनगढीमा कार्यालय प्रमुखहरूसँगको भेटमा प्रचण्डले सरकारले भारतसँग कुटनीतिक पहल गरिरहेको जनाउँदै केही समयमै नाकाबन्दी हट्ने बताएका छन् । उनले मोर्चासँग सकारात्मक छलफल भइरहेको जनाउँदै भोलीसम्म निष्कर्षमा पुग्ने आशा व्यक्त गर्दै सहमतिपछि नाकाबन्दी खुल्ने बताए ।

उनले थारू र मधेस आन्दोलन लगायतका विषय आन्तरिक भएको बताउँदै यसलाई आन्तरिक ढंगले छलफल र वार्ताबाट हल गर्ने जानकारी दिए । उनले संविधान जारी भएपछि देश विकासतर्फ जाने सोच राखेको जनाउँदै आफूहरुले सोचेजस्तो नभएको बताए ।

संविधानको घोषणापछि भएको नाकाबन्दी विश्वले समेत कल्पना नगरेको बताएका छन् ।

कैलाली जिल्ला विषम परिस्थितिबाट गुज्रिएको अध्यक्ष प्रचण्डले बताए । ‘सबैले संयमता अपनापछि क्रमशः सन्तुलनमा आयो’, उनले भने, ‘यसको निम्ति तपाईँहरुले लिनुभएको पहलप्रति सरकार सञ्चालन संयन्त्रको प्रमुखको हैसियतले धन्यवाद दिन चाहन्छु ।’


  •  
  •  
  •