फागुन १६ पछि राजनीति नयाँ मोडमाः प्रचण्ड

161
  •  
  •  
  •  

prachandaकाभ्रे, ७ फागुन(ओएनएस) : एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फागुन १६ पछि राजनीतिले नयाँ मोड लिने बताएका छन् । उनले अबको ७ दिनमा हुने राजनीतिक गतिविधिमा फागुन १६ पछिको अवस्था निर्भर गर्ने बताएका छन् ।

क्रान्तिकारी पत्रकार संघ काभ्रेले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले शान्ति सम्झौता कार्यान्वयन गर्ने बाटोमा कांग्रेस एमाले नआए आफुहरू फरक ढंगले अघि बढ्ने चेतावनी दिए । तर, सहमतिबाट संविधान जारी हुनेमा अझै विश्वास रहेको पनि उनले बताए । ‘हामी अझै पनि सहमतिको संविधान जारी गर्नुपर्छ भन्नेमै छौ’ प्रचण्डले भने ‘सहमतिमा संविधान आउँछ भन्ने हामीलाई विश्वास छ त्यसो नभए राजनीतिले नयाँ मोड लिन्छ ।’

बहुमतको दम्भमा अपमानित गर्न खोजेका कारण अहिले आफू जनताको साथ बुटुल्न जिल्ला दौडाहामा हिडेको उनले बताए ।

ज्ञानेन्द्रको भनाई नौटंकी

प्रचण्डले पूर्व राजा ज्ञानेन्द्रले दिएको अभिब्यक्ति नौटङ्की, नाटक र षड्यन्त्र मात्रै भएको पनि टिप्प्णी गरे । आठ वर्षअघि दलहरुसँग सहमति भएको भनेर षड्यन्त्र रच्न खाजेको प्रचण्डले बताए ।


  •  
  •  
  •