प्रचण्डले भने, ‘बहुमतको दम्भ देखाउने प्रयास भएको छ’

103
  •  
  •  
  •  

prachandaकाठमाडौ, ९ माघ(ओएनएस) : एमाओवादीका अध्यक्ष तथा विपक्षी मोर्चाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जनतालाई प्रतिबद्धता गरेको समयमा संविधान दिन नसकेकोमा मोर्चाको तर्फबाट माफी मागेका छन् ।

संविधानसभाको बैठक शुक्रवार १ बजेसम्मका लागि स्थगित भएपछि संविधानसभा भवनबाट बाहिरिने क्रममा अध्यक्ष दाहालले कांग्रेस-एमालेले जसरी पनि बहुमतकै प्रक्रियामा जाने अडान राखेकाले आफूहरुले विरोध गरेको बताएका छन् । दाहालले कांग्रेस एमालेले यथास्थितिवादी संविधान ल्याउन खोजेकाले ल्याउन नदिएको दावी गरे । बिहीबार रातीको सहमति पनि एमाले कांग्रेसले विथोलेको उनको आरोप छ । ‘यथास्थितिवादी र प्रतिगामी संविधान ल्याउन सफल हुन दिएनौं’ उनले भने ‘हामी प्रगतिशिल संविधान ल्याउन संघर्ष जारी राख्छौ तयारीमा रहन जनतालाई अपील गछौं । ’

उनले बहुमतकै आधारमा प्रक्रियामा संविधआन ल्याउने प्रक्रियाको विरोध गर्दागर्दै पनि आफूहरुले केही गर्न नसकेको समेत उल्लेख गरेका छन् ।

दाहालले आफहरूले सहमति भइसकेका विषयमा राजनीतिक प्रतिबद्धता देखाउन आग्रह गरेपनि उक्त प्रतिबद्धता आउन नसकेको र बहिमतकै प्रक्रियामा जान चाहेको आरोप लगाएका छन् । आफूहरूले सहमति र सहकार्यमार्फत नै संविधान जारी गर्नका लागि बारम्बार आग्रह गरेपनि सफल हुन नसकेको बताएका छन् ।

अन्तिम सहमति पनि एमाओवादीका कारण विथोलियो : ओली

kp-oliएमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले एमाओवादीका कारण नै संविधान बन्न नसकेको आरोप लगाए । आज  हुन लागेको अन्तिम सहमति पनि एमाओवादीका कारण विथोलिएको आरोप लगाए । उनले विजय गच्छदारले राखेको प्रस्ताव समेत एमाओवादी र अध्यक्ष पुष्पकमल दाहाल मान्न तयार नभएकाले वार्ता विथोलिएको बताए । एमाओवादीलाई पेल्न नसक्नु सत्तापक्षको कमजोरी रहेको बताए । उनले प्रक्रियाबाटै संविधान दिने दावी गरे ।

उनले यो संविधानसभा कुनै पनि हालतमा असफल नहुने भन्दै यही संविधानसभाले नै संविधान जारी गर्ने दावी गरेका छन् । ओलीले सोमबार संविधानसभामा भएको तोडफोडको घटनाको भर्त्सना गर्दै १ वर्षभित्र संविधान जारी गर्न नदिएर एमाओवादीले जनतालाई गरेको प्रतिबद्धतामाथी तुषारापात गरेको बताएका छन् ।


  •  
  •  
  •