संविधानसभा सत्तारूढ दलको कब्जामाः दाहाल

238
  •  
  •  
  •  

prachandaकाठमाडौ, ८ माघ(ओएनएस) : एमाओवादी तथा मधेषी मोर्चाका शीर्ष नेताहरूले विपक्षी दलका सभासद्हरूलाई छानीछानी कडा चेकजाँच गरेको भन्दै आपप्ति जनाएका छन् ।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, मधेसी जनअधिकार फोरम लोकतान्त्रिका अध्यक्ष विजयकुमार गच्छदार, फोरम नेपालका उपेन्द्र यादवलगायतका नेताहरुले संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई भेटेर आपत्ति जनाएका हुन् ।

नेम्वाङसँगको भेटमा एमाओवादी अध्यक्ष दाहालले सत्तारूढ दलले आफ्ना सभाषद्हरूलाई नाङ्गेझार पारेर खानतलासी गरिएको बताउँदै भने, ‘संविधानसभालाई सत्तारुढ दलले जेलजस्तो बनाएका छन् ।’

उनले नेम्वाङलाई संविधानसभामा छिर्नका लागि चारपटक चेकजाँच गरिएकोमा ध्यानाकर्षण गराएका छन् ।

यस्तै बैठकपछि एमाओवादीका नेता अग्नी सापकोटाले संविधानसभा सत्तारूढ दलको कब्जामा रहेको बताउँदै खुर्सानीको धुलो भेटिएको जिम्मेवारी सत्तारूढ दलले नै लिनु पर्ने बताएका छन् ।


  •  
  •  
  •