जावलाखेलमा पुष्प मेला(फोटो फिचर)

108
  •  
  •  
  •  

काठमाडौं । ललितपुरस्थित जावलाखेलमा फूलको प्रतियोगितात्मक प्रदर्शनी भइरहेको छ ।  ‘रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरि’ भन्ने नाराका साथ गएको शुक्रबारबाट प्रदर्शनी शुरु भएको हो ।

फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) द्वारा आयोजित मेलाको उद्घाटन कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनालले गरेका थिए ।

जावलाखेलको खेल मैदानमा आयोजित १३ औ पुष्प प्रदर्शनीमा व्यावसायिक स्टल ४४, सूचनामूलक ४ र गोदावरी फूलका प्रतिस्पर्धात्मक प्रदर्शनी स्टल १ सहित कुल ४९ वटा स्टल रहेका छन् ।

मेला संयोजक तथा फ्यानका उपाध्यक्ष शिवबहादुर खड्काले मेला ३५ हजारले अवलोकन गर्ने र करिब ५० लाख रुपैयाँबराबरको कारोबार अपेक्षा रहेको बताए ।

यस वर्षको मेलामा विभिन्न मुलुकबाट माउबोटका रुपमा आयात गरी उत्पादन विस्तार गरिएका करिब १६ नयाँ प्रजातिका गोदावरी फूलसमेत प्रदर्शनीमा राखिएको छ । मेला कात्तिक ४ गतेसम्म सञ्चालन हुनेछ ।

हेर्नुहोस् तस्बिरमा

 

 


  •  
  •  
  •