पुष्पा बस्नेत बनिन् ‘सीएनएन सुपर हिरो’ (भिडियाेसहित)

196
  •  
  •  
  •  

puspa basnetकाठमाडौँ,   (ओएनएस):  चार प्रतिस्पर्धीलाई पछि पार्दै नेपालकी पुष्पा बस्नेतले ‘सीएनएन सुपर हिरो’ अवार्ड हात पार्न सफल भएकी छन् ।

अभिभावकसँग कारागार जीवन बिताउन बाध्य बालबालिकालाई त्यहाँबाट छुटाई आश्रय दिएर शिक्षादिक्षाको क्षेत्रमा काम गर्दै आएकी समाजसेवी बस्नेतलाई अमेरिकी टेलिभिजन सीएनएनले ‘सीएनएन सुपर हिरो’ अवार्ड प्रदान गरेको हो ।

सीएनएनले नेपाली समयअनुसार सोमबार बिहान एक विशेष समारोहकाबीच बस्नेतलाई सुपर हिरो घोषित गरेको हो । बस्नेतले अवार्डसँगै ५० हजार डलर पुरस्कार पाउनेछिन् ।

सीएनएन सुपर हिरोका लागि नेपालकी बस्नेतसहित ५ जना पूर्वसीएनएन हिरो मनोनयनमा परेका थिए । सुपर हिरोका लागि नेपालकी बस्नेतसँगै फिलिपिन्सका एफ्रेन पेनाफ्लोरिडा, अमेरिकाका चाड प्रेग्राके, अमेरिकाको लस एन्जल्सकी लिज म्याककारट्नी र इन्डोनेशियाकी रोबिन लिम मनोनयनमा परेका थिए ।

सीएनएनले बस्नेतलाई सन् २०१२ मा ‘सीएनएन हिरो’ अवार्ड प्रदान गरेको थियो । ‘सीएनएन हिरो’ अवार्ड प्रदान गर्न गरेको १० वर्ष पुगेको अवसरमा पूर्वसीएनएन हिरो मध्येबाट ‘सुपर हिरो’ अवार्ड प्रदान गरेको हो ।

बस्नेत प्रारम्भीक बाल विकास केन्द्र र पुतली घर नामक संस्थाकी संस्थापक अध्यक्ष हुन् ।


  •  
  •  
  •