वरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठको निधन

265
  •  
  •  
  •  

काठमाडौं, ४ वैशाख(ओएनएस) : नेपाल समाचारपत्र दैनिकका प्रधानसम्पादक पुष्करलाल श्रेष्ठको निधन भएको छ ।
उपचारको क्रममा राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालमा बुधबार बिहान ११ बजे ४९ मिनेटमा श्रेष्ठको निधन भएको पारीवारिक श्रोतले बताएको छ ।

श्रेष्ठको पार्थिव शरीर आज साढे १२ बजेदेखि भूगोलस्थित निवासमा राखिने छ भने दिउँसो ३ दिने पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ ।

करिब ५ महिनाअघि नाकमा समस्या देखिएका कारण उनको राजधानीको वयोधा अस्पतालमा नाक र त्यसलगत्तै ब्लुक्रसमा मृगौलाको पत्थरीको शल्यक्रिया गरिएको थियो ।

उक्त शल्यक्रिया लगत्तै पत्रकार श्रेष्ठमा विभिन्न स्वास्थ्य समस्या देखापर्दै आएका थिए । उनको नर्भिक अघि भारतको मेदान्त अस्पतालमा पनि उपचार भएको थियो ।

मेदान्त अस्पतालमा दुई महिना उपचार गराएर फर्किएका उनले नर्भिक अस्पतालमा फिजोयोथेरापी लगायतका विधिबाट उपचार गरिँदै आएको थियो ।


  •  
  •  
  •