माइला दाई-जन्मदेखि मृत्युसम्म

255
  •  
  •  
  •  

शशी पौडेल 

“माइला, मैले प्रजातन्त्रका निम्ति वालेको दीयोलाई तैले प्रज्वल्लित पार्ने छस् ।” १६ बर्षको उमेरमा आफ्ना दाजुको आदेश शिरउपर गरी नेपाल र नेपालीको मूक्तिका निम्ति कम्मर कसेका युवा यदि आज हाम्रो सामु भए उनी ९० बर्षका हुने थिए ।  ३६ बर्ष अघि भौतिक शरीरले नेपाल र नेपालीलाई छाडेर गएपनि उनले दिएको विचार, उनले गरेका योगदान आज हर नेपालीको मुटुको ढुकढुकीको रुपमा जीवन्त छ ।

आफ्ना दाजु गंगालाललाई भोली गोली ठोकेर मारिदैछ भन्ने थाहा पाए पछि आफ्ना भाइ देविलाल र बावुसंग दाजुलाई जेलमा भेट्न गएका पुष्पलाललाई गंगालालले उक्त गहन जिम्मेवारी दिएका थिए । सोही गहन जीम्मेवारीनै पुष्पलालका लागि राजनीति गर्ने प्रेरणाको श्रोत बन्यो ।

दाजुको आदेश पाएको एकबर्ष वित्दा नवित्दै विस १९९८ मा उनले नेपाली प्रजातान्त्रिक संघको गठन गर्छन् ।

पुष्पलालसंग प्रेमबहादुर कंशाकार, शम्भूराम श्रेष्ठ, सूर्य बहादुर भारद्वाज र राजारामले हातेमाले गर्छन् । नेपाली प्रजातान्त्रिक संघ मार्फत विभिन्न संघर्षहरु अगाडि बढाउछन् । आन्दोलनका क्रममा पुष्पलाल द्वारा नेतृत्व गरिएको “नागरिक अधिकारका लागि आन्दोलन” ले पद्य शम्शेरलाई झुकाउछ र बिसं २००४ सालमा केही सुधार गर्न वाध्य गराउछन् । यति खेर शम्भूराम श्रेष्ठ, स्नेह लता श्रेष्ठ र सहाना प्रधानले पुष्पलाललाई साथ दिन्छन् । यो आन्दोलन नै नेपालको एक ऐतिहासिक खुल्ला जनताद्वारा गरिएको पहिलो आन्दोलन थियो । यतिखेर सम्म पुष्पलाल र सहाना प्रधानबीच विवाह भैसकोको थिएन । यो आन्दोलन पछि उनी कलकत्ता पुग्छन् र २००६ सालमा उनले कम्यूनिष्ट पार्टीको घोषणा–पत्र नेपालीमा अनुवाद गर्छन् । त्यतिवेलानै उनी भारतीय कम्यूनिष्ट पार्टी (माक्र्सवादीका) नेता ज्योति वशुसंग सम्पर्कमा आउछन् । ज्योतीवसु सत्तरीको दशकको मध्यदेखि २००० सालसम्म पश्चिम वंगालको मुख्यमन्त्री पदमा आसिन रहे ।

pushpalal sahanaपुष्पलाल २००९ सालमा सहाना प्रधानसंग विवाह बन्धनमा बाधिन्छन् । बैवाहिक वन्धनमा बाधिए पछि उनीहरुबीचको दुरी कम हुनु पर्ने हो तर दुर्भाग्य दुरी झन झन बढ्न थाल्यो । जीवनका दैनिकीको बिषयमा मतभेदहरु शुरु भएछन् क्यारे त्यसैले सहाना प्रधानले २०१७ साल देखि राजनीति चटक्क छोडेर निस्कृय बसिन । उनी निस्कृय तब सम्म बसिन् जवसम्म पुष्पलाल जीवीत रहे । पुष्पलाल पर्वासबाट राजनीति गर्ने, सहाना नेपालमा शिक्षण पेशामा लागिन् । उनीहरुबीचको सम्पर्क पातलिदै गयो ।
दिनहरु बित्दै गए । नेपाली कम्यूनिष्ट आन्दोलन चिरा चिरा हुदै गए ।

२०१७ सालमा स्व.राजा महेन्द्रले पंचायती व्यवस्था लागू गरे पछि कम्यूनिष्ट पार्टीमा ठूलो भूंईचालो नै गयो । त्यतिखेरका पार्टी महासचिव डा.केशरजंङ्ग रायमाझीले रुसमा गएर रुसी भाषको दैनिक पत्रिका प्राभ्दा मार्फत राजाको कदमलाई सर्मथन गरे । एकातिर दक्षिणपंथीधार चोइटिन शुरु ग¥यो भने अर्को तिर उग्रवामपंथीधार । उग्रवामको नेतृत्व मोहनविक्रम सिहंले गर्न थाले । नेपाली कम्यूनिष्ट आन्दोलन कुइरोमा हराएको काग जस्तै रुमाल्लिन थाल्यो । २०२९ सालमा मोहनविक्रम सिंहको उग्रवामपंथको पराकाष्टा देखियो, एउटा पुस्तक “गद्धार पुष्पलाल” । हुन त पुस्तक प्रकाशन लगत्तै मोहनविक्रम सिहंले आत्माआलोचना गरे र उक्त पुस्तकमा आफ्ना मनगढन्ते कुराहरु खा“देकोमा दुःख व्यक्त गरे । तर बन्दुकको नालबाट निस्केको गोलीलाईबीचमा रोक्न नसके जस्तै पुस्तक प्रकाशन भैसके पछि गरेको आत्माआलोचनाले कति माने राख्ने छ ?

पुष्पलाल के कुरामा द्रिढ थिए भने “एउटा ठूलो शक्तिबिरुध्ध लडेर उसलाई जित्न थुप्रै साना शक्ति मिल्नु पर्छ । त्यस अर्थमा नेपालको वामपंथी आन्दोलन पनि पंचायत ढाल्न नेपाली का“ग्रेससंग कार्यगत एकता हुनै पर्छ ।” आखिर उनले भने जस्तै २०४६ सालमा ७/८ पार्टीहरुको संयुक्त आन्दोलनले बहुदल ल्याउन सफल भयो भने पछिल्लो परिवर्तन पनि त आखिर सम्युक्त आन्दोलनबाटै सफल भयो । त्यसैले पुष्पलाल सही थिए भन्ने कुरामा दुईमत हुन सक्तैन ।

यस पंतिकारले पुष्पलालसंग भेट गर्ने पहिलो अवसर २०२८ सालमा प्राप्त गरेको हो । त्यस पछि उनीसंग मेरो निरन्तर भेट भैरह्यो । २०३१ सालको कुरो हो मैले एसएलसीको परिक्षाफल कुरेर बसिरहेको थिएं । मेरो वुवाले यी लगभग ६ महिना मलाई खाली नराख्ने निर्णय गरेर वनारस लगि पूर्व मध्य कक्षामा संस्कृति पढ्न भर्ना गरिदिनु भयो । वनारसको दग्ध विनाएक (जसलाई हामी नेपालीले गल्ली भनेर पनि चिन्दछौं) को बसाई नेताहरुको आउने जाने भैरहन्थ्यो । खासगरी पुष्पलाल कहिलेकाही भोकलाग्यो भन्दै कोठा भित्र पस्नेवानी थियो । मकहा“ खाना पकाउने कोइला सकिएको थियो । म कोइला लिन जान भनी एउटा कालो बोरा कोठाको बाहिर निस्कने ढोका निरै राखेको थिएं । पुष्पलालले त्यो देखेपछि मलाई यो के ? भनी सोधे । मैले जवाफमा भने कोइला सकिएकोले लिनजान वोरा तयार गरेर राखेको । तपाई बस्दै गर्नुस् म कोइला लिएर तुरुन्तै आउछु ।

राम मनोहर लोहियाको प्रकाशन केन्द्रबाट प्रकाशित हुने समाजवादी पत्रिका पनि किनेर का“धमा राखी त्यसमाथि कोइलाको बोरा राखेर कोठा फर्के । त्यो पत्रिका मैले दुईवटा उद्देश्यले किनेको थिएं । प्रथम पढ्नका निम्ति भने दोस्रो पत्रिका का“धमा राखेर त्यसमाथि कोइलाको बोरा बोके पछि कमिजमा कालो नलागेस् भनेर ।
कोठामा पस्नासाथ पुष्पलालले ठट्यौलो पारामा कुरा गर्न थाले । उमेरले उनको र मेरा तीनदशक भन्दा बढी फरक भए पनि माइल्दाइले मलाई आफ्नो साथी जस्तै सम्झिन्थे । तर बोलाउदा भने शशी भाइ भनेर संवोधन गर्ने गर्दथे । उनले कुरा यसरी शुरु गरे । यो बोरामा तिमीले कोइला ल्यायौ त्यसैले आज तिमलिे यो बोराका बारेमा एउटा निवन्ध लेख । म तिम्रो निवन्ध हेर्न भोली आउने छु ।

त्यो त ठीक छ म लेखुंला तर अहिले केही नखाने ? मैले सोधें । लल छिटो छिटो गरेर पकाउन त । आलु म ताच्छु तिमी भात बसाली हाल । उनले आदेश दिए । उनले हरेक पटक आउदा एउटा न एउटा बिषय भेटाउथे मलाई लेख्न लगाउन । कहिले हिन्दीमा त कहिले नेपालीमा लेख्नु पर्ने । म भने उनले जतीसुकै काम लगाए पनि उनलाई देखे पछि किन हो कुन्नी खुशी हुन्थे । यदि मैले मेरो जीवनमा उनलाई नभेटेको भए सायद यी पंतीहरु लेख्न सक्षम बन्ने थिइन होला । यस अर्थमा म पुष्पलालसंग व्यक्तिगत रुपमा पनि ऋणी छु ।
एसएलसीको परिक्षाफल  प्रकाशित भयो पास भएं र म काठमाण्डौं तर्फ लागें । दुई बर्ष काठमाण्डौं विताए पछि बुवाले मलाई फेरी बनारस पठाउने निधो गर्नु भयो । उहा“को निर्णयको अगाडि मेरो केही लाग्थेन, ह्वत भन्नु वाहेक ।

जुलाई २२, १९७८ का दिन म  वनारसमै थिए । पुष्पलाल भने मेडिकल कलेज दिल्लीमा उपचार गराउदा गराउदै यो संसार छोडेर विदा भए । एक सन्नाटा छायो । नेपाली कम्यूनिष्ट आन्दोलनमा एउटा भूंईचालो गयो । नेपाली मजदुर किसान एंव सर्वहारावर्गले आफ्नो अभिभावक गुमाए । मृृत्यु अवस्यंभावी हो । यसलाई कसैले टार्न सक्तैन, भनेर चित्त बुझाउनु बाहेक हामीलाई अर्को विकल्प रहेन ।

यदि दुख र सुखमा, जेल वा नेलमा, भाग्य वा अभाग्यमा संगै जीवन विताउने कसम खाएर बा“धेको वाचावन्धन कुनै एउटाले तोड्छ र  दुईचार पैसाको अहंकार, पेशाको अभिमान र शिक्षा र ज्ञानको घमण्ड गर्छ भने अर्कोलाइ मनोबैज्ञानिक प्रतिकूल असर पर्छ । यसप्रकारको प्रतिकूल असरले मृत्यूलाई २/४ बर्ष अघि निम्त्याउछ भन्ने कुरा मनोवैज्ञानिकहरुले प्रमाणित गरेका छन् । कतै पुष्पलाललाई उपरोक्त कुराहरुको कारणबाट अली छिटो यो संसार छोड्नु परेको त हैन ? यो प्रश्न विगत तेत्तीसबर्ष देखि मेरा सामु अनुत्तरित भएर घा“टीमा तेर्सिई रहेको छ । यद्यपी साहना प्रधानले पुष्पलालको मृत्यु पश्चात बागमतीको आर्यघाटमा अस्तु सेलाउदै मैले तिम्रो सपना पुरा गर्न मेरो स्वास रहे सम्म प्रयास गर्ने छु भनी दुई थोपा आ“सु चुहाएकी थिईन् । जुन परिदृष्य आज सम्म पनि मेरो आ“खा सामु नाची रहन्छ । ती दुई थोपा आ“सु कतै दोषी महसुस (गिल्टी फिल) को प्रायश्चित त थिएन ? । एभरेष्ट टाइम्स 


  •  
  •  
  •