कांग्रेस सचेतकमा पुष्पा भुसाल

1355
  •  
  •  
  •  

काठमाडाैं, ६ वैशाख (अाेएनएस) : नेपाली कांग्रेस प्रतिनिधिसभा संसदीय दलको सचेतकमा पुष्पा भुसाल गौतम मनोनयन भएकी छिन्।

कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले भुसाललाई सचेतकमा मनोनयन गरेका हुन्।

प्रतिनिधिसभा सदस्य पुष्पा भुसाललाई दलको विधान (संशोधन तथा परिमार्जनसहित, २०७४) को धारा १३ को उपधारा (२) बमोजिम मनोनयन गरिएको संसदीय दलका नेता देउवाका निजी सचिव केशवराज जोशीले जानकारी दिए।

 


  •  
  •  
  •