पूर्वसचिव अर्जुन कार्कीको पत्नीको हत्या प्रयास, कामदार मृत भेटिए

257
  •  
  •  
  •  

काठमाडौं । ललितपुर सानेपामा पूर्वसचिव अर्जुन कार्कीकी पत्नीको हत्या प्रयास भएको छ ।

पूर्वसचिव कार्कीकी पत्नी मुनाको सोमबार बिहान सानेपास्थित निवासमै हत्या प्रयास भएको हो । उनको टाउको कुर्सीले प्रहार गरेको र घाँटीमा चोट लागेको प्रहरीले जनाएको छ । गम्भीर घाइते अवस्थामा फेला परेकी उनलाई सानेपामा रहेको स्टार अस्पताल लगिएको छ ।

कार्कीको घरमा काम गर्दै आएका विजय चौधरी भने मृत अवस्थामा भेटिएका छन् । चौधरीले आत्महत्या गरेको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी पुगेको छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।


  •  
  •  
  •