पूर्वाञ्चल विश्वविद्यालयमा दुई उपकुलपति

193
  •  
  •  
  •  

Dr Maheshor Man
डा. महेश्वरमान श्रेष्ठ

विराटनगर, ५ चैत (ओएनएस) : पूर्वाञ्चल विश्वविद्यालय (पियु) मा दुई जना उपकुलपति भएका छन् । तत्कालिन उपकुलपति डा. महेश्वरमान श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा निलम्बन गरेर उनको स्थानमा शिरिष रिजाललाई ल्याएको थियो । तर, श्रेष्ठले अदालतबाट सफाइ पाएपछि पियुमा दुई उपकुलपति भएका हुन् ।

भ्रष्टाचार मुद्दाका आरोपी उपकुलपति श्रेष्ठ सहित रजिष्ट्रार निरोज पाण्डे, परीक्षा नियन्त्रक मोहनबहादुर बस्नेत, कला तथा कानुन संकायका डिन शम्भुप्रसाद कोइराला, व्यवस्थापन संकायका डिन श्यामबहादुर कटुवाल, विज्ञान संकायका डिन शुभनारायण पाठक र विज्ञान संकायतर्फ सह–डिन राजेशकुमार झालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार पक्राउ गरेपछि सरकारले पदाधिकारीहरुलाई निलम्बन गरेको थियो ।

अख्तियारको मुद्दामा विशेष अदालतले चैत २ गते उनीहरू सबैलाई सफाइ दिएको थियो । अदालतबाट सफाइ पाएका पदाधिकारी बिहिवार दलबल सहित जबरजस्ती प्रवेश गरेका छन् ।

Sirish-Rijal
शिरिष रिजाल

बिहिबार उपकुलपति रिजाल कार्यालय बाहिर रहेको अवस्थामा श्रेष्ठलगायत पदाधिकारीहरुले दलबल सहित कार्यकक्ष प्रवेश गरेका छन् । सरकारले रिजाललाई अर्काे निर्णय नभएसम्म उपकुलपतिको जिम्मा दिएपनि श्रेष्ठ जबरजस्ती कर्यकक्ष प्रवेश गरेका हुन् ।

 यता रिजालले मन्त्रालयको चिठ्ठीबिना नै निलम्बनमा परेको टोली कार्यकक्षमा प्रवेश गरेको भन्दै आपत्ती जनाएका छन् । उनले भने ‘मन्त्रालयको चिठ्ठी लिएर आएको भए म श्रेष्ठलाई स्वागत गर्थे तर, उहाँहरु दलबलसहित आउनु भयो, यो गलत प्रवृती हो । ’

अदालतले सफाइ दिएपनि भ्रष्टारको आरोप लागेका पदाधिकारीहरुलाई प्रधानमन्त्रीको कार्यालयले चिठ्ठी दिएको छैन । आफु श्रेष्ठलाई स्वागत गर्न तयार रहेको भन्दै चिठ्ठी लिएर उपस्थित हुनुपर्ने रिजालले बताए । उनले भने, ‘मैले यस विषयमा शिक्षामन्त्री र प्रधानमन्त्रीको कार्यालयलाई मौखिक जानकारी गराएको छु ।’

यता भ्रष्टचार मुद्दामा सफाइ पाएका उपकुलपति महेश्वरमान श्रेष्ठले आफुले बिहिबारदेखी कार्यभार सम्हालेको बताएका छन् । उनले आरोपीमध्ये सबै कार्यलयमा हाजिर भएको जानकारी दिए । उनले भने ‘ अदालतले हामीलाई सफाई दिएको छ । काम गर्न कुनै बाधा छैन ।’ आफुहरुले शिक्षा मन्त्रालयमा जानकारी गराएर नै कार्यलयमा उपस्थित भएको बताए ।


  •  
  •  
  •