पूर्व वित्तमन्त्री चिदम्बरमलाई अदालत पेस गरिँदै

208
  •  
  •  
  •  

एजेन्सी । भ्रष्टाचार आरोपमा पक्राउ परेका भारतका पूर्व वित्तमन्त्री पी चिदम्बरमलाई बिहीबार सीबीआईको विशेष अदालतमा पेस गर्ने तयारी गरिएको छ ।

वित्तमन्त्रीको पद दुरुपयोग गरेको र मनी लाउन्डरिङको आरोपमा केन्द्रीय जाँच ब्यूरो (सीबीआई)ले बुधबार राति उनकै घरबाट पक्राउ गरेको थियो ।

भारतीय सञ्चार माध्यमका अनुसार चिदम्बरममाथि आइएनएक्स मिडिया कम्पनीमा सन् २००८ मा अवैधानिक रुपमा वैदेशिक लगानी भित्र्याउन सघाएको आरोप लागेको छ ।
सीबीआईले ७३ वर्षीय चिदम्बरममाथि संयुक्त प्रगतिशील गठबन्धन यूपीएको सरकारमा वित्तमन्त्री भएका बेला भ्रष्टाचार गरेको आरोप लगाएको छ ।
दिल्लीको जोरबागमा निवासबाट सीबीआईको टोलीले उनलाई नाटकीय ढंगले पक्राउ गरेको थियो ।
यसअघि चिदम्बरमले आफूमाथि सीबीआईले लगाएको आरोप निराधार भएको भन्दै आरोपलाई खारेज गर्न र पक्राउ नगर्न माग गर्दै दिल्ली उच्च अदालत गएका थिए । उच्च अदालतले भने उनको माग अस्वीकार गरेको थियो ।


  •  
  •  
  •