पूर्व आयुक्त पाठक अदालत हाजिर

133
  •  
  •  
  •  

काठमाडौं, १ जेठ(ओएनएस) : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायाण पाठक बुधबार विशेष अदालतमा हाजिर भएका छन् ।

विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यहरु द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजालमा अहिले बयान भइरहेको छ ।

बयानपछि आजै उनको विषयमा थुनछेक बहस हुने जनाइएको छ ।  त्यसपछि अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटी माग्ने अथवा साधारण तारेखमा छोड्ने आदेश दिनेछ ।

भक्तपुरको इन्जिनियरिङ कलेजको छानबिन रोक्न ७८ लाख घुस लिएका पाठकविरुद्ध १२ चैतमा भ्रष्टाचारको मुद्दा दायर भएको थियो ।

पाठकलाई घूस दिने चाँगुनारायण, भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजका अध्यक्ष लम्बोदर न्यौपाने फरार छन् ।घुसकाण्डमा मुछिएपछि पदबाट राजीनामा दिएका पाठकविरुद्ध अख्तियारले नै अनुसन्धान गरेको थियो । २०७५ चैत १२ गते उनीविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गराएको थियो ।


  •  
  •  
  •