पूर्वडीआजी थापा संघीय समाजवादी फोरममा प्रवेश

309
  •  
  •  
  •  

काठमाडौं, ५ चैत(ओएनएस) : नेपाल प्रहरीका पूर्वडीआजी पार्वती थापा संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेकी छिन् ।

केही दिन अघि फोरम नेपालका अध्यक्ष एवं उपप्रधानमन्त्री तथा स्वास्थ्य जनसंख्या मन्त्री उपेन्द्र यादव चितवन गएको बेला उनलाई पार्टीमा प्रवेश गराइएको हो ।

योग्य भएपनि आईजीपी बन्न असफल थापा राजनीतिबाट विरक्त भएर बसेकी थिइन् । तर सबै समाधान राजनीतिकबाट नै देखेपछि उनी राजनीतिमा आएको मन्त्री यादवका स्वकीय सचिव अमरेन्द्र यादवले जानकारी दिए ।

थापा आईजीपीको दौडमा भएपनि त्यतिबेला उपेन्द्रकान्त आर्यालले सो पदमा बाजी पारेका थिए ।
राजनीतिक दवावमा उपेन्द्रकान्त आर्याललाई आजीपी बनाएको भन्दै उनले त्यतिबेला राजनीतिक दललाई निकै गाली गरेकी थिइन् । न्यायका लागि सर्वोच्च अदालत पनि चहारेकी थिइन् ।

उनी पार्टीमा प्रवेश गरेपनि हालसम्म कुनै जिम्मेवारी भने दिइएको छैन ।
पार्टीको वैशाख २७ गतेदेखि शुरु महाधिवेश शुरु हुँदैछ । सोही महाधिवेशनमा उनलाई पार्टीमा कुनै जिम्मेवारी दिने पार्टी स्रोतले जनाएको छ ।


  •  
  •  
  •