पूर्वमुमाबडामहारानी रत्नको स्वास्थ्यमा सुधार

304
  •  
  •  
  •  

काठमाडौं, २६ फागुन(ओएनएस) : ६ दिनअघि नर्भिक अस्पतालमा उपचाररत पूर्वमुमाबडामहारानी रत्न राज्यलक्ष्मी शाहको स्वास्थ्यमा सुधार आएको अस्पतालले बताएको छ ।

उनलाई सोमबार सम्ममा डिस्चार्ज हुने बताइएको छ । एक सातादेखि लागेको खोकीको घरमै उपचार गरिरहेकी ९१ वर्षीया रत्नलाई पखला लाग्ने र पिसाब कम हुने समस्या आएपछि परिवारले गत मंगलबार नर्भिक अस्पतालमा भर्ना गरेका थिए ।

लगत्तै उनको परीक्षण रगतमा संक्रमण भएको पाइएको पत्ता लागेको थियो । रगतमा संक्रमण देखिएपछि अस्पतालमा नै भर्ना गरेर उपचार गरेपछि उनको स्वास्थ्यमा उल्लेख्य सुधार भएको अस्पताल स्रोतले बताएको छ ।
उनको रगतमा सेतारक्तकोषको मात्रा बढेर ३० हजार पाइएको थियो । सामान्य अवस्थामा यो उमेरको व्यक्तिमा ३ हजार ५ हजार प्रतिएमसिएल हुनुपर्ने हुन्छ । जसले गर्दा उनलाई अस्पतालमा भर्ना गरेरै उपचार गरेपछि स्वास्थ्यमा सुधार आएको उपचारमा सहभागीहरूले बताएको पूर्वराजा ज्ञानेन्द्र शाहका स्वकीय सचिव फणिन्द्र पाठकले बताएका छन् ।

हाल उनलाई अस्पतालमा पूर्वयुवराज पारस शाह र पूर्वराजा ज्ञानेन्द्र शाह लगायतले हेरचाह गरिरहेका छन् ।
रत्नको उपचारमा अहिले डा खगेन्द्रबहादुर श्रेष्ठ, डा. मृगेन्द्रराज पाण्डे, डा.मधु घिमिरे, डा.ब्रजेन्द्र श्रीवास्तवको टोली खटिएको छ ।

पूर्व मुमाबडामहारानी रत्न राज्यलक्ष्मी अस्पताल भर्ना


  •  
  •  
  •