पूर्वश्रम स्वीकृतिको विवरण अनलाइनबाटै

674
  •  
  •  
  •  

काठमाडौं । अबदेखि वैदेशिक रोजगारीमा जाने कामदारको पूर्वश्रम स्वीकृतिको विवरण अनलाइन प्रणालीबाटै हुने भएको छ ।

म्यानपावर व्यवसायी अब वैदेशिक रोजगार विभाग अन्र्तगतको श्रम कार्यालयमा पूर्वश्रम स्वीकृतिका लागि जान नपर्ने भएको छ । विभागले आइतबारदेखि मलेसिया, युएई र कुवेतबाट पूर्वश्रम स्वीकृतिको परीक्षण शुरु गरेको हो ।

म्यानपावर कम्पनीले रोजगारदाता देशबाट डिमाण्ड निकालेपछि उनीहरुले सवै विवरण भिसा प्रमाणिकरणका लागि नेपाली नियोगमा पठाउँछन् । त्यसपछि पूर्वश्रम स्वीकृतिका लागि अनलाइन हुन्छ । यसरी अनलाइन भएको सवै विवरण सम्बन्धीत म्यानपावर र विभागको अनलाइन प्रणालीमा आउँछ ।

त्यसपछि मात्र म्यानपावर कम्पनीले रोजगारीमा जाने कामदारसँग अन्तवाता लिन पाउँछन् । हाल पूर्वश्रम स्वीकृति कागज रुपमा लिएर अन्तवाता लिँदै आएका थिए । तर अब अन्र्तवार्ता लिएको विवरण पनि अनलाइन प्रणालीमा समावेश हुनेछ ।


  •  
  •  
  •