गृह मन्त्रालयका सचिव राई र महानिरीक्षक खनाल पुरस्कृत

474
  •  
  •  
  •  

काठमाडौं, ५ वैशाख(ओएनएस) : गृह मन्त्रालयका सचिव प्रेमकुमार राई र नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल पुरस्कृत भएका छन् ।

बेरुजु फर्छ्यौटमा उत्कृष्ट काम गरेको भन्दै गृहमन्त्रालयले बिहीबार एक कार्यक्रमका बीच गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले उनीहरुलाई नगद र प्रसंशापत्र प्रदान गरेका हुन् ।

त्यस्तै गृह मन्त्रालयका उपसचिव शिवनाथ पौडेल, लेखा अधिकृतहरु फइन्द्रकुमार श्रेष्ठ, शालिकराम पराजुली, लेखापाल नरबहादुर कुँवरलाई ६ हजार रुपैयाँसहित प्रशंसा पत्र प्रदान गरिएको छ ।

कार्यक्रममा गृहमन्त्री थापाले पुरस्कृत व्यक्तित्वहरुलाई बधाई दिँदै पुरस्कारले अन्य मन्त्रालयलाई पनि राम्रो काम गर्न प्रेरणा दिने बताए ।

गृहन्त्रालय र सो अन्तर्गतका निकायहरुको आर्थिक वर्ष २०७३÷७४ सम्मको खर्च २०७४÷७५ मा फर्छ्यौट गरिसक्नुपर्नेमा करिब ६३.०३ प्रतिशत फर्छ्यौट गरेको छ । गृहले चार अर्ब ३० करोड ९७ लाखमध्ये दुुई अर्ब ७१ करोड ६२ लाख रुपैयाँ बेरुजु फर्छ्योट गरेका छन् ।

यस्तै नेपाल प्रहरीको आर्थिक वर्ष ०७३र७४ सम्मको बेरुजु ६८ करोड ४१ लाख रुपैयाँमध्ये ८५.१४ प्रतिशत अर्थात ५८ करोड २५ लाख बेरुजु फर्छ्यौट भएको छ ।


  •  
  •  
  •