पुरानो बसपार्क खाली हुने

1557
  •  
  •  
  •  

purano busparkकाठमाडौं, ६ कात्तिक (ओएनएस) : छोटो दुरीका सवारी साधान सञ्चालन हुँदै आएको पुरानो बस पार्क अब खाली हुने भएको छ । कात्तिक अन्तिमबाट बस पार्क खाली गराउने तयारी सुरु भएको छ । सार्कलाई लक्षित गरि पुरानो बसपार्क खाली गर्न लागिएको हो । सार्क राष्ट्रका पाहुनाको सवारी पाकिर्ङका लागि सार्क सम्मेलन कक्ष सभागृह पछाडिको सार्वजनिक बसपार्क एक साता अघिदेखि नै खाली गरिने सडक डिभिजन कार्यालयले जनाएको छ ।

त्यसैगरी सभागृह वरपरको सुरक्षालाई मध्यनजर गर्दै माइक्रो बस बिसौनीलाई पनि हटाएर अन्यत्रै व्यवस्था गरिने जनाइएको छ । सार्कलाई लक्षित गरी अन्तर्राष्ट्रिय स्तरको मापदण्ड अनुरुप सडक लेन छुट्याइने छ ।

सार्कका बेला बढी प्रयोग हुने सडकमा सार्क राष्ट्रका प्रमुखहरु बस्ने सोल्टी होटल पुग्ने त्रिपुरेश्वरदेखि होटलसम्मको सडक र मन्त्रीहरु बस्ने वौदमा रहेका हायात होटलसम्मको सडक चिल्लो बनाउने काम भइरहेको छ ।

सार्क राष्ट्र प्रमुखलाई आरामका लागि धुलिखेल
सार्कका राष्ट्र प्रमुखलाई एकदिन आरामका लागि धुलिखेलस्थित एक होटलमा राखिने भएको छ । सडकको सुरक्षालाई मध्यनजर गरेर हेलिकोप्टरबाट धुलीखेल पुरयाइनेछ । हेलिकोप्टर पनि कम्तिमा चारवटा तैनाथ गरिने छन् । नेपाली सेनाकोसँगै नीजि हेलिकोप्टर पनि प्रयोग गरिने सार्क तयारी समितिका संयोजक भेषबहादुर थापाले जानकारी दिए ।


  •  
  •  
  •