पूर्वसांसद भण्डारीको निधनप्रति देउवाद्वारा समवेदना प्रकट

511
  •  
  •  
  •  

काठमाडौं, २८ चैत(ओएनएस) : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस गुल्मीका पूर्वसभापति तथा पूर्वसांसद रूद्रमणि भण्डारीको निधनप्रति समवेदना प्रकट गरेका छन् ।

फाइल तस्बिर

भण्डारीको बिहीबार बिहान भएको जीप दुर्घटनामा परी निधन भएको भएको थियो ।  उनले ट्विट गर्दै भनेका छन्, ‘उहाँको आत्माको चीर शान्तिको कामना गर्दै यो दुखको घडीमा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दछु । स्वर्गीय भण्डारीसहित दुर्घटनामा ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली र दुर्घटनामा परेकाहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।’ बिहीबार लु १ ज १९५७ नम्बरको जीप मुसिकोट नगरपालिका १ च्यानडाँडामा दुर्घटना हुँदा भण्डारीसहित तीन जनाको मृत्यु भएको छ ।

जीपमा १० जना सवार थिए । जीप बाग्लुङको सिमानामा करिब २ सय मिटर तल खसेको छ । घाइतेहरुलाई सदरमुकाम तम्घास र वामी टक्सारमा उपचार भइरहेको छ ।


  •  
  •  
  •