पूर्वराजा ज्ञानेन्द्रको मध्य तराईको भ्रमण स्थगित

279
  •  
  •  
  •  

काठमाडौं, २२ फागुन(ओएनएस) : पूर्व मुमा बडामहारानी रत्न बिरामी परेपछि पूर्वराजा ज्ञानेन्द्र शाहको मध्य तराईको भ्रमण स्थगित भएको छ ।

पूर्वराजा ज्ञानेन्द्रका प्रेस संयोजक फणि पाठकले पूर्वराजा ज्ञानेन्द्रले पूर्वनिर्धारित मध्य तराईको भ्रमण रद्द गरेर बुधबार काठमाडौं फर्किन लागेको बताए ।

उनी काठमाडौं फर्किएपछि आमाको हेरचाहमा खटिनेछन् ।  शाहले आजदेखि धनूषा, सर्लाही, उदयपूर र सप्तरी जिल्लाको भ्रमण गर्ने कार्यक्रम रहेको थियो ।
रुघा, खोकी लगायतका कारण अस्वस्थ ९१ वर्षीय पूर्व बडामहारानी मंगलबार नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

रत्नलाई हाल पातलो दिशा हुने र पिसाब कम हुने समस्या पनि देखिएको हुँदा अस्पतालमा भर्ना गर्नुपरेको अस्पतालले बताएको छ ।

उनको डा.खगेन्द्रबहादुर श्रेष्ठ, डा.मृगेन्द्रराज पाण्डे, डा. मधु घिमिरे र डा. ब्रजेन्द्र श्रीबास्तवको प्रत्यक्ष रेख देखमा उपचार भइरहेको छ ।


  •  
  •  
  •