‘पैसा कमाउन गएको थिए, यस्तै भयो के गर्नु’

374
  •  
  •  
  •  

punya prasad pokharelविराटनगर, २५ चैत(ओएनएस) : स्वदेशमा नै बसरे पुन्यप्रसाद पोखरेलले मासिक १० हजार रूपैया कमाउँथे । मोरङ बयरवन-८ घर भएका उनलाई मासिक १० हजार रूपैयाले जसो तसो आफ्नो खर्च त पुग्थ्यो ।

तर, परिवारकालागि भनेर खर्च दिन सक्दैन थिए । २२ वर्षे उनको धेरै पैसा कमाउने र राम्रो घर बनाउने सोच थियो । स्वदेशमा कमाएको मासिक १० हजारले आफ्नो सोच पुरा नहुने भन्दै विदेश लागे । धेरै पैसा कमाउला र जिन्दगी सफल बनाउने लक्ष्य बनाएर उनी २०७० चैतमा उनी कुवेत गए ।

सेकुरेटी गार्डमा कुवेत गएका उनको जीवनमा ०७१ साउन १ गते अचानक दुर्घटना घट्यो । काम सकेर कोठामा आराम गरिरहेका उनीमाथी ८ तत्लामाथीबाट पर्खाल खस्यो । निर्माणधिन भवनको पर्खालले उनलाई पुर्यो । पर्खालले पुरिएका उनी बेहोस भए । ९ दिनपछि होस खुल्दा उनी महाबुल्ला सहरको आदन अस्पतालमा थिए । होस खुल्दा उनले आफ्नो आधा शरिर नचल्ने अवस्थामा पाए ।

साउन महिनादेखी लगातार ८ महिना उपचार गर्दापनि उनी ठिक भएनन् । उनको कम्मरमुनीको भाग नचल्ने भयो । दाजु गोविन्दप्रसाद पोखरेलको सहयोगमा एक महिना अघि स्वदेश फर्किएका उनले भने, ‘खुट्टा चल्दैन् । दिसा पिसाब गएको पनि थाहा हुदैन ।’ धन कमाएर परिवार पाल्ने सोच बनाएर विदेश हानिएका उनी ह्वील चियरको सहारा बिना हिड्न नसक्ने भएका छन् ।

चिकित्सकले खुट्टा नचल्ने भन्दै बिदा दिएपछि उनी स्वदेश फर्किएका हुन् । सामान्य अवस्थामा विदेश गएका उनीहरूको सहारा बिना हिडडुल गर्न नसक्ने भएर घर फर्किए । उनी भन्छन्, ‘पैसा कमाउन भनेर गएको थिए । यस्तै भयो के गर्नु ।’ आधा शरिर नचलेपनि उनले हिम्मत हारेका छैनन् । अब स्वदेशमा नै बसेर केही गर्ने सोच बनाएका छन् ।

विदेश जाँदा लागेको ऋण जसो तसो तिरेका पोखरेलले दुर्घटनापछि रित्तो हात फर्कनु परेको गुनासो गरे । उनले भने, ‘घरसम्म आउने टिकटमात्र कम्पनीले दियो ।’ पैसा कमाउने र परिवार पाल्ने उदेश्य लिएर विदेशिएका उनी आफुले सोचेको उदेश्य पुरा नभएको गुनासो गर्छन् ।

अलमुल्ला सेक्युरिटी कम्पनीमा कार्यरत उनले अझै क्षतिपूर्ती पाएका छैनन् । घटना घटेको ९ महिनापछि पनि कम्पनीले केही नगरेको उनको गुनासो छ । उनी भन्छन्, ‘विदेश जादा श्रम विभागमा श्रम बिमा गराएका थियो । बिमा वापतको रकम त प्राप्त भयो । तर, आफुले काम गर्ने कम्पनीले क्षतिपूर्ती दिएको छैन् ।’

कम्पनीले उनको उपचार गरेपनि क्षतिपूर्ती अझै नदिएको उनका दाजु गोविन्दले गुनासो गरे । उनले भने, ‘क्षतिपूर्ती दिने भन्छ तर कहिले दिने हो केही टुङगो छैन् ।


  •  
  •  
  •