सडकका विरुवा तथा गमला नास गर्नेलाई जेल

739
  •  
  •  
  •  

Saarc Garden (1)काठमाडौं, १४ मंसिर (ओएनएस) : अव सहरको सुन्दरता र हरियालीलाई मास्ने वा त्यस्तो खराव काम गर्नेलाई महानगरपालिकाले  सार्वजनिक मुद्दा अन्तर्गत् कारबाही गर्ने भएको छ ।

महानगरपालिकाले सार्कका अवसरमा गमला र विभिन्न स्थानमा रोपेका बिरुवा चोरी गर्ने र तोडफोड गर्नेलाई सार्वजनिक मुद्दाअन्तर्गत कारबाही गर्ने भएको हो ।

रोपिएका बिरुवा संरक्षणका लागि बिहान ७ देखि १० बजेसम्म माइकिङसमेत गर्ने गरिएको छ । हालै सम्पन्न सार्क शिखर सम्मेलन अगाडि रोपिएको बिरुवा भाँचिएको  बिरुवाका पात चुँडीएको  र एउटा गमला फुटेको पाइएको छ ।

सार्कका अवसरमा महानगरपालिकाले ५ सय  वटा गमला र विभिन्न खाली स्थानमा ४ सय ७५ वटा बिरुवा रोपेको थियो । ती बिरुवाको सुरक्षाका लागि प्रत्येक दिन महानगरपालिकाले पानी हाल्ने गरेको छ।

त्यस्तै, राष्ट्रिय सभागृहलाई विशेष कार्यक्रम बाहेक अन्यका लागि प्रयोग गर्न नदिइने भएको छ ।

अन्तर्राष्ट«ियस्तरको सभाहल बनाउन करिव रु. २० करोड खर्च भएको हुनाले काठमाडौं महानगरपालिकाले छुट्टै निर्देशिका बनाएर विशेष समारोहका लागि मात्र हल प्रयोग गर्न दिने तयारी गर्न लागेको महानगरपालिकाले जानकारी दिएको छ ।

शिखर सम्मेलनका लागि सरकारले सो हल लिएको हुनाले महानगरपालिकालाई फिर्ता हुने  बित्तिकै निर्देशिका बनाएर हल सञ्चालन गरिने समेत बताइएको छ ।


  •  
  •  
  •