पुनर्निर्माणमा कुनै विवाद नझिक्न प्रधानमन्त्रीको आग्रह

320
  •  
  •  
  •  

काठमाडौं, १२ वैशाख(ओएनएस) : प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी २० महिना भित्र भूकम्पले क्षतिग्रस्त भएका संरचना निर्माण भइसक्ने बताएका छन् ।

गोरखा भूकम्पको चौथो स्मृति सभाको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही सम्पदा बाहेक निजी आवास र सरकारी भवनहरु यस अवधीमा निर्माण भइसक्ने बताए ।

‘अबको २० महिना भित्र सम्पूर्ण निर्माण कार्य सम्पन्न भइक्छन्’ प्रधानमन्त्री ओलीले भने । पुनर्निर्माणमा कुनै विवाद नझिक्न उनले आग्रह समेत गरे ।

 

‘भूकम्पपछिको पुनर्निर्माणका क्रममा कुनै पनि विवाद झिक्नु आवश्यक छैन र हाम्रो ऐतिहासिकतालाई पनि तोडमोड गर्नुहुँदैन ।’

प्रधानमन्त्री ओलीले नेपालीहरुलाई बहादुरीले मात्र होइन विद्वताले पनि चिनाउनुपर्नेमा जोड दिए ।‘नेपालीहरु विद्वान पुर्खाका सन्तान हुन् । हामीलाई संसारले बहादुर भनेर मात्र चिन्यो तर हामीले नेपालाई विद्वानहरुको देश भनेर पनि चिनाउनुपर्छ’ प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले पुनर्निमाण भइरहेको त्रिपुरेश्वरको त्रिपुरासुन्दरी मन्दिर,बसन्तपुर क्षेत्रको काष्ठमाण्डप लगायतका विभिन्न मन्दिरहरुको निरीक्षण समेत गरेका थिए ।

प्रधानमन्त्री ओली बसन्तपुर दरबार क्षेत्रमा शिव मन्दिरको पनि उद्घाटन गरेका छन् । प्रधानमन्त्री ओलीले पुनर्निर्माण प्रधाकरणका कार्यकारी अधिकृत सुशिल ज्ञवाली र काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यलाई यस क्षेत्रका पुनर्निर्माण गर्दा मौलिकता जोगाउन समेत निर्देशन दिए ।


  •  
  •  
  •