अश्लिल हर्कत गरेको आरोपमा मोडल पूनम पाण्डे पक्राउ

560
  •  
  •  
  •  

काठमाडौं, २० वैशाख । अश्लिलतालाई प्रशय दिएको भन्दै मुम्बई प्रहरीले भारतीय मोडल तथा अभिनेतृ पूनम पाण्डेलाई पक्राउ गरेको छ । 
मुम्बईको मिरा रोडमा शुक्रबार राति अबेर अश्लिल हर्कत गरिरहेको अवस्थामा पूनमलाई प्रहरीले पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
सार्वजनिक स्थानमा अश्लिलता नदेखाउन पटक–पटक चेतावनी दिंदै आएको प्रहरीले शुक्रबार पनि पूनमले मुल सडकमा अबेर राति त्यस्तो कार्य गरेपछि पक्राउ गरेको बताइएको छ ।
प्रहरीले केही समय हिरासतमा राखेपछि अबदेखि त्यस्ता हर्कत नगर्ने सर्तमा पूनमलाई रिहा गरेको छ । चर्चामा आउन सामाजिक सञ्जालमा समेत उत्तेजक तस्विर पोष्ट गर्दै आएकी पूनम अक्सर विवादमा आउँछिन् ।

  •  
  •  
  •