पुनः प्रयोगजन्य प्याड निर्माणमा महिला (फोटो फिचर)

218
  •  
  •  
  •  

काठमाडौं । मुगुको छायानाथ रारा नगरपालिका १४ बामा, चन्खाली गाउँपालिका वर्डा नं १ बोहरावाडा र छायानाथ रारा नगरपालिका १३ लुमाका महिलाहरुलाई पुनः प्रयोजन्य प्याड निर्माण सम्बन्धी तालिम दिइएको छ ।

एक्सन वक्र्सको आयोजना तथा ग्रामिण पहुँच कार्यक्रमको सहयोगमा तालिम प्रदान गरिएको हो । तालिममा छायानाथमा ५३, वोहरावाडामा ३८, बामामा ३६ जना महिलाहरुको सहभागिता रहेको थियो ।

तालिममा सम्झना पौडेल, सारदा चौलगाई, लक्ष्मी ओली र जान्दवी चौलागाईंले प्रशिक्षण दिएका थिए । तालिममा सहभागिले सिकेका कुरा व्यवहारमा लागू गर्ने प्रतिवद्धता जनाएका थिए ।

हेर्नुहोस् तस्विरमा

 


  •  
  •  
  •