पुनलाई उपराष्ट्रपतिमा निर्विरोध निर्वाचित भएको घोषणा गरिदैँ

231
  •  
  •  
  •  

काठमाडाैँ , ४ चैत (ओएनएस) : वाम गठबन्धनका उम्मेदवार नन्दबहादुर पुनलार्इ अाज उपराष्ट्रपतिमा निर्विरोध निर्वाचित भएको घोषणा गरिदैँछ।

उपराष्ट्रपति पदका लागि पुनको एक्लाे उम्मेदवारी परेको हुदाँ उनी निर्विरोध उपराष्ट्रपतिमा निर्वाचित भएकाे भन्दै निर्वाचन आयोगले घाेषणा गर्न लागेकाे छ।शनिबार उम्मेदवारी मनोनयन दर्ता गर्न समय दिइएकोमा पुनको मात्रै उम्मेदवारी परेको थियो ।

उपराष्ट्रपतिका लागि चैत ९ गते मतदान गर्ने कार्यतालिका आयोगले सार्वजनिक गरे पनि पुनविरुद्ध कसैले पनि उम्मेदवारी नदिएपछि आयोगले आज उनी निर्विरोध निर्वाचित भएको घोषणा गर्ने तयारी गरेकाे हाे।

अघिल्लो कार्यकालमा पनि पुन नै उपराष्ट्रपतिमा निर्वाचत भएका थिए । पुनले अघिल्लो कार्यकालमा कुशल भूमिका निर्वाह गरेको भन्दै वाम गठबन्धनले उनलाई उम्मेदवार बनाएको थियो ।


  •  
  •  
  •