‘पल्सर स्पोर्टस् अवार्ड’ का लागि गोलस्टारको सहयोग

83
  •  
  •  
  •  

काठमाडौं । ‘पल्सर स्पोर्टस् अवार्ड’ का लागि नेपालको लोकप्रिय जुत्ता कम्पनी किरण सु म्यानुफ्याक्चररले ८ लाख आर्थिक सहायता उपलब्ध गराउने भएको छ ।

काठमाडौंमा आइतबार आयोजित एक कार्यक्रमका बीच नेपाल खेलकुद पत्रकार मंच र सो कम्पनीबीच सहयोगको समझदारी भएको हो ।

आगामी असार १७ गते काठमाडौंमा आयोजना हुने ‘पल्सर स्पोर्टस् अवार्ड’ कार्यक्रममा उक्त रुपैयाँसहित मनोनयनमा परेका विभिन्न खेलाडी र विजेता खेलाडीहरुलाई आफ्ना उत्पादन सामग्री सहितको उपहार उपलब्ध गराउने म्यानुफ्याक्चररले जनाएको छ ।

मंचका अध्यक्ष देवेन्द्र सुवेदी र कम्पनीकी निर्देशक विदुषी राणाले हस्ताक्षर गरेको समझदारी पत्रमा सो सम्झौंता एक वर्षसम्म कायम रहने समेत उल्लेख गरिएको छ ।

किरण सु म्यानुफ्याक्टररकी निर्देशक राणाले नेपालको खेलकुद क्षेत्रको विकासका लागिसहयोग उपलब्ध गराउन पाउनु कम्पनीका लागि गौरवको विषय भएको बताए ।

अवार्डका लागि एक हप्ता अघि नै पिपल्स च्वाईस अवार्डको मनोनयन सार्वजनिक भएको छ ।  जसमा क्रिकेटमा सन्दिप लामिछाने, भलिबलकी रेश्मा भण्डारी, व्याटमिन्टनका प्रिन्स दाहाल, महिला राष्ट्रिय फुटबलर सावित्रा भण्डारी, शारिरीक सुगठनका महेश्वर महर्जन रहेका छन् ।


  •  
  •  
  •