पल्सर स्पोर्टस् अवार्डका झलकहरु

338
  •  
  •  
  •  

काठमाडौं, २० जेठ (ओएनएस) : नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्का र सुनिता बोहोरा वर्ष पुरुष र महिला खेलाडी चयन भएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार राजधानीको प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको १२ औँ अवार्ड वितरण कार्यक्रमम नेपाली क्रिकेट टोलीका कप्तान खड्का ‘वर्षको उत्कृष्ट पुरुष खेलाडी’ घोषित हुँदै लगातार तेस्रो पटक अवार्ड हात पारे । यसैगरी जुडोकी सुनिता बोहोरा ‘उत्कृष्ट महिला खेलाडी’ घोषित भइन् ।

यस्तै भलिबलकी सरस्वती चौधरी वर्षको लोकप्रिय खेलाडी भएकी छन् । एसएमएस भोटिङमार्फत दर्शक र शुभेच्छुकको भोटबाट यो विधाको निर्णय भएको गरिएको थियो ।

क्रिकेटका पुवुदु दासानायके र फुटबलका विमल घर्तीमगर क्रमश वर्षको उत्कृष्ट प्रशिक्षक र युवा खेलाडीमा चुनिए । क्रिकेट टोलीका खेलाडी सरद भेसवाकरलाई स्पेशल अवार्ड प्रदान गरियो ।

तेक्वान्दो खेलाडी यादव कुँवर उत्कृष्ट पारा एथलिट घोषित भए । नेपाली खेलकुद क्षेत्रमा महत्वपूर्ण योगदान दिएका धावक बैकुण्ठ मानन्धरलाई लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरियो ।

विभिन्न ९ विधामा वितरण गरिएको अवार्डमा पुरुष, महिला र लोकप्रिय विधाका विजेताले पल्सर मोटरसाइकल प्रदान गरिएको थियो । अन्य विधाका विजेतालाई ५० हजार नगद र ट्रफी प्रदान गरिएको थियो ।

IMG_4207 IMG_4213 IMG_4220 IMG_4228 IMG_4232 IMG_4237 IMG_4250 IMG_4272 IMG_4284 IMG_4287 IMG_4297 IMG_4310 IMG_4319 IMG_4323 IMG_4328 IMG_4332 IMG_4333


  •  
  •  
  •