पुल भाँचिदा पूर्व पश्चिम राजमार्ग अवरुद्ध

284
  •  
  •  
  •  

नवलपरासी । नवलपरासीको अरुणखोलामा पुल भाँचिदा पूर्व पश्चिम राजमार्ग अवरुद्ध भएको छ । पुलमा ट्रक ठोक्किँएपछि सडक अवरुद्ध भएको हो ।

ना ६ ख ४७१ नम्बरको ट्रक पुलमा ठोक्किँदा पुलबाट ठूला सवारी साधान आवत–जावत गर्न नसक्ने अवस्था भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए । बिहानैदेखि सडक अवरुद्ध भएपछि अरुणखोलामा गाडी रोकिएर लाम लागेको छ ।

साना सवारी भने एकतर्फी रुपमा सञ्चालन भैरहेको छ । प्रहरी निरीक्षक अधिकारीका अनुसार तत्काल पुल मर्मत हुन सक्ने सम्भावना कम भएकाले वैकल्पिक बाटोको प्रयोग गर्न आग्रह गरिएको छ ।


  •  
  •  
  •