मुलुकको अर्थतन्त्रलाई बदनाम गर्ने प्रयास भइरहेको छ : अर्थमन्त्री

150
  •  
  •  
  •  

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले  मुलुकको आर्थिक विकासका लागि उत्पादनमा बढावा दिन सरकारले लगानीको क्षेत्रको पहिचान गरिरहेको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १० औं वार्षिकोत्सवलाई आइतबार काठमाडौंमा उद्घाटन गर्दै उनले सरकारले उत्पादनमा जोड दिएर पूँजी बजारको विकासलाई उच्च प्राथमिकता दिएको बताए ।

मुलुकको अर्थतन्त्रलाई बदनाम गर्ने प्रयास भइरहेको भन्दै उनले त्यसो नगर्न समेत सचेत गराए । अर्थमन्त्री खतिवडाले अर्थतन्त्रका सबै सूचकहरु सकारात्मक हुँदाहुँदै पनि सरकारविरुद्ध भ्रम छर्न खोजिएको उल्लेख गर्दै त्यसले कसैलाई पनि फाइदा नपु¥याउने पनि स्पष्ट पारे ।

अर्थमन्त्री खतिवडाले अर्थतन्त्रका सबै परिसूचक सकारात्मक ढंगले अघि बढेको सरकारको तथ्यांक सही भएको तर त्यसलाई असत्य भनेर अन्तराष्ट्रिय दाताहरुलाई भ्रम छर्ने काम भइरहेकोमा आपत्ति पनि जनाए ।
खतिवडाले पूँजी बजारको नियमन राम्रोसँग गर्न नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्डलगायतका निकायलाई पनि निर्देशन दिए ।


  •  
  •  
  •