काठमाडौं २२ पुस ।
प्रधानन्यायाधीश रामकुमार प्रसाद शाहले कानून मन्त्री नरहरि आचार्यलाई पत्र लेख्दै पूजा बोहराको मुद्दा सर्वाेच्चमा बिचाराधीन भएकाले त्यसमा तत्कालै ‘केही गर्न’ नमिल्ने बताएका छन् ।
‘अदालतमा विचाराधीन मुद्दामा सम्बन्धित इजलाशबाट प्रमाण र कानून बमोजिम ठहरे अनुसार हुने नै हुनाले,’ आचार्यलाई लेखिएको पत्रमा भनिएको छ,’पत्रिकाको समाचार र अंश मात्रको आधारमा हाल केही गर्न कानून संगत नहुने हुँदा सो कुराको जानकारी माननीय मन्त्रीज्यूलाई दिनु ।’
आचार्यले प्रधान न्यायाधीश शाहलाई पुस १ गते पत्र लेख्दै बोहराको मुद्दाका सम्बन्धमा सत्यतथ्य बुझ्न माग गरेका थिए । त्यसको जवाफमा न्याय परिषदका अध्यक्ष समेत रहेका प्रधानन्यायाधीशले परिषदमार्फत पुस १६ मा मन्त्री आचार्यलार्य पत्र लेख्दै बोहराको मुद्दा गत मंसिर २१ म्ा दर्ता भएको र पेशीमा पनि चढेकाले त्यस बारे थप कुरा बोल्न नमिल्ने बताएका हुन् ।
मन्त्री आचार्यले आफूलाई प्राप्त भएको जवाफ सोमबार विधायन समितिमा सभासदहरूको दवाबपछि पढेर सुनाएका थिए ।
कान्तिपुरबाट