जलेश्वरमा सार्वजनिक यातायात सुचारु

185
  •  
  •  
  •  

महोत्तरी, ६ माघ(ओएनएस) : मधेशमा जारी आन्दोलनका कारण महोत्तरीमा साउन महिनाको अन्तिम सातादेखि ठप्प रहेको सार्वजनिक यातायात सेवा आजबाट सूचारु भएको छ । आज सदरमुकाम जलेश्वरदेखि जनकपुरधामसम्मका छोटो दूरीका सार्वजनिक सवारीसाधन सुचारु भएको हो ।

सार्वजनिक सवारीसाधन ठप्प भएको कारण ४५ रुपैँया भाडा रहेकोमा मोटरसाइकल, टेम्पो तथा रिक्साले प्रतिब्यक्ति अढाई सय रुपैँयासम्म भाडा असुल्ने गरेका थिए । तराई मधेश लोकतान्त्रिक पार्टी महोत्तरी अध्यक्ष अभिराम शर्माले जनकपुर अंचल बस ब्यवसायीको आग्रहमा बस संचालन भएपनि आफूहरुले अवरोध नगर्ने बताए ।

महोत्तरीको समसी, गौशाला, मटिहानीसहितका ठाउँमा समेत भोलीबाट सार्वजनिक यातायात सुचारु हुने बताइएको छ । महोत्तरीमा आन्दोलनरत दलहरुले रामनगर चिनी मिलको १२ वटा ट्रक सीमानाकाबाट भित्र्याउन सहमति दिएलगत्तैबाट बस ब्यवसायीहरु आफ्नो सेवा सुचारु हुनुपर्ने माग अगाडि सारेका थिए ।

सदरमुकाम जलेश्वरसहितका ठाउँमा संचालित पम्पहरुमा इन्धन नरहेकोले त्यसको ब्यवस्था तत्कालै गर्न बस ब्यवसायीहरुले माग गरेका छन् ।


  •  
  •  
  •