लोकसेवा अध्यक्षमा उमेश मैनाली

499
  •  
  •  
  •  

umesh mainaliकाठमाडौ, १४ फागुन(ओएनएस) : लोकसेवा आयोगको अध्यक्षमा पूर्वसचिव उमेश मैनालीको नाम सिफारिस गरिएको छ । आज साँझ बसेको संवैधानिक परिषद्को बैठकले लोकसेवाका अध्यक्ष सहित अन्य ६ जनाको नाम सिफारिस गरेको छ ।

परिषदको बैठकले सदस्यमा सिफारिस गरेका सदस्यहरूमा विन्दा हाडा भट्टराई, श्रीपुरुष ढकाल, अशोककुमार झा, गोविन्द कु्सुम, ब्रम्हदेव राय र कृष्णचन्द्र झा रहेका छन् । बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र निर्वाचन आयोगमा रिक्त पदमा नियुक्ती गर्ने विषयमा छलफल भएपनि कुनै निर्णय हुन सकेन ।


  •  
  •  
  •