नेपाल भारतबीच विद्युत व्यापार सम्झौतामा अन्तिम हस्ताक्षर

130
  •  
  •  
  •  

काठमाडौं ४ कात्तिक (ओएनएस) : नेपाल र भारतविच विद्युत व्यापार सम्झौतामा अन्तिम हस्ताक्षर भएको छ । मंगलवार प्रधानमन्त्री सुशील कोइराला र उर्जामन्त्री राधा ज्ञवालीको उपस्थिीतीमा प्रधानमन्त्री कार्यालयमा भएको हो । भारतको उर्जा सचिव पिके सिन्हा र राजेन्द्रकिशोर श्रोत्रीविच सम्झौतामा हस्ताक्षर भएको  छ।

द्विपक्षीय हस्ताक्षरका लागि भारतीय ऊर्जा सचिव पिके सिन्हा आज बिहान १० बजे काठमाडौँ   आइपुगेका हुन् । दुई मुलुकबीच गत भदौ १९ गते उक्त सम्झौतामा प्रारम्भिक हस्ताक्षर भएको थियो । पूर्ण सम्झौतामा नेपालका तर्फबाट ऊर्जा सचिव रजेन्द्रकिशोर क्षेत्री र भारतीय ऊर्जा सचिव सिन्हाबीच मङ्गलबार हस्ताक्षर हुने कार्यक्रम रहेको ऊर्जा मन्त्रालयका प्रवक्ता एवम् सहसचिव केशवध्वज अधिकारीले बताए । दुवै मुलुकको मन्त्रिपरिषद्को बैठकले केही समय पहिले पिटीएको मस्यौदालाई अनुमोदन गरिसकेको छ ।
पूर्ण सम्झौतामा हस्ताक्षर भएपछि सम्झौता कार्यान्वयनमा आउने छ ।


  •  
  •  
  •