नेपाल भारत पीटीए वार्ता आजदेखि नयाँ दिल्लीमा

62
  •  
  •  
  •  

काठमाडौं १९ भदौ (ओएनएस) : भारतसँग गर्ने भनिएको विद्युत् व्यापार सम्झौता पीटीए बारे नेपालभारत वार्ता आजदेखि हँदैछ । वार्ताका लागि नेपाली टोली आज नयाँ दिल्ली जादैछ । नेपाली टोलीको नेतृत्व ऊर्जा सचिव राजेन्द्रकिशोर क्षेत्रीले गर्नेछन् । क्षेत्रीको नेतृत्वमा जाने आठ सदस्यीय नेपालीलाई पीटीएका बारेमा वार्ता गर्ने अख्तियारी प्रदान गरेको छ । भारतले नेपालको जलस्रोतमा एकाधिकार गर्ने नियतसहितको विद्युत् विकास सम्झौता गर्न नेपालसमक्ष प्रस्ताव पठाएको भन्दै विरोध भएको थियो । भारतका ऊर्जा सचिव नेतृत्वको टोलीसित आज भोलि र पर्सी तीनदिन लगातार वार्ता हुनेछ । व्यापार सम्झौताको मस्यौदामा दुई पक्षीय टोलीबीच हुने वार्ता अनुसार सहमति गरिनेछ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा जारी संयुक्त विज्ञप्तिमा माथिल्लो कर्णालीको पीडीए र नेपालद्वारा प्रस्तावित पीटीएलाई ४५ दिनभित्र अन्तिम रूप दिने उल्लेख थियो । तीन दिनसम्म भारतीय अधिकारीसित वार्ता गरी नेपाली टोली शुक्रबार अपराह्न स्वदेश र्फकनेछ ।


  •  
  •  
  •