अर्थ समितिले पीटीए र पीडीएको कागजात माग्यो

88
  •  
  •  
  •  

काठमाडौं, १ कात्तिक (ओएनएस) : व्यवस्थापिका–संसद्, अर्थ समितिले विद्युत व्यापार सम्झौता ( पिटीए) तथा परियोजना विकास सम्झौता (पिडीए)को कागजात उपलब्ध गराउन उर्जा मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिको सिंहदरबारमा शुक्रबार बसेको बैठकले विद्युत् व्यापारसँग विभिन्न विषयसमेत जोडिएकोले सो सम्झौताको कागजात उपलब्ध गराउन  मन्त्रालय र माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको प्रवद्र्धक ग्रान्धी माल्लिकार्जुन राव जिएमआरसँग लगानी बोर्डले गरेको पिडिएको कागजात उपलब्ध गराउन निर्देशन दिएको हो ।

सरकारले मुलुकको विद्युत् व्यापारलाई सहज बनाउन र विद्युतभार कटौतीको समस्या हल गर्नका गत महिना भारतसँग पिटिए तथा माथिल्लो कर्णाली जलविद्युत् आयोजनालाई अगाडि बढाउन पिडिए गरेको थियो ।


  •  
  •  
  •