युट्युबको क्षमता तोड्यो गंगनम स्टाइलले

111
  •  
  •  
  •  

psy-gangnam-styleकाठमाडौ, माघ / कोरियाली गायक साईको विश्वप्रसिद्ध गंगनम स्टाइल नामक भिडियोले युट्युबको क्षमतालाई तोडिदिएको छ । उक्त भिडियो यति धेरै मानिसले हेरे की अब युट्युबले कति मानिसले उक्त भिडियो हेरेका छन् त्यो नै गन्न नसक्ने भएको छ ।

युट्युबको गन्न सक्ने क्षमताभन्दा धेरै पटक साईको उक्त भिडियो हेरिएपछि युट्युबले अब भने कतिपटक हेरियो भन्ने देखाउन सक्ने छैन् । साथै युट्युबले उक्त समस्याबारे केही सोचेको पनि छैन् ।

साईले सन् २०१२ मा उक्त भिडियो युट्युबमा अपलोड गरेका थिए । दक्षिण कोरियाली गायक साईले घोडसवारी जसरी गरेको उक्त नृत्यको भिडियो निकै चर्चामा रहेको थियो र अहिलेसम्म पनि त्यो चर्चा कम भएको छैन् । युट्युबका अनुसार उक्त भिडियो हेर्नका लागि २ सय १५ करोड मानिस युट्युबमा आईसकेका छन् । तर त्यो संख्या युट्युबमा देख्न सकिने छैन् ।

युट्युबको यस्तो समस्या काउन्टर ३२ बिट इन्टिजरबाट बनाइएको हो । यसको अर्थ के हुन्छ भने युट्युबले अधिकतम २ अरब १४ करोड ७४ लाखभन्दा केही धेरैले मात्र हेर्न सक्नेछन् । यसभन्दा बढि मानिसले हेरेको हेर्न पाइने छैन् ।


  •  
  •  
  •