एमबाप्पेको ह्याट्रिकसँगै पिएसजीलाई फ्रेन्च लिग वानको उपाधि

353
  •  
  •  
  •  

एजेन्सी । केलियन एमबाप्पेको ह्याट्रिकको मदतमा पेरिस सेन्ट जर्मेन ९पीएसजी० फ्रन्च लिग वानको उपाधि जितेको छ ।

लिग वान अन्तरगत आइतबार राति भएको खेलमा पीएसजीले चिरपरिचित प्रतिद्धन्दी मोनाकोलाई ३–१ गोल अन्तरले पराजित गर्दै पाँच खेल अगावै फ्रेन्च लिग वान च्याम्पियन बन्न सफल भएको हो । पीएसजीको यो पछिल्लो सात सिजनमा छैटौ उपाधि हो भने एक सिजन मोनाको च्याम्पियन बन्न सफल भएको थियो ।

यस्तै घाइते भएर लामो समय मैदान बाहिर रहेका ब्राजिलियन स्टार खेलाडि नेयमार खेलमा फर्केका छन् । उनि दोस्रो हाफको सुरुवातमै मैदान प्रवेश गरेका थिए ।

पीएसजीको ३३ खेलबाट ८४ अंक पुगेको छ भने दोस्रो स्थानको लिलेलाई १९ अंकले पछि पारेको छ । आइतबार राति नै दोस्रो स्थानको लिले टोलुसोसँग गोलरहित बराबरीमा रोकिएसँगै पीएसजी च्याम्पियन बन्न सहज भएको हो ।


  •  
  •  
  •