‘खल्तिका मान्छे नहटाउँन तोडियो लोकसेवाको अभ्यास’

298
  •  
  •  
  •  

काठमाडौं, १५ फागुन (ओएनएन) : संबैधानिक परिषदमा आफ्नो खल्तिको मान्छेलाई नहटाउने नेताहरुको अडानका कारण लोकसेवा आयोगमा पदाधिकारीको संख्या सात पुगेको छ ।

नेताहरुले संबैधानिक परिषद ऐनमा एक अध्यक्ष र आवस्यकता अनुसार सदस्य राख्ने प्रस्तावको फाइदा उठाएर नियुक्ति–सिफरिस गरेपछि लोकसेवा आयोगको यसअघिको अभ्यास तोडिएको हो ।

‘यही अभ्यास गरेर नेताहरुको आवश्यकता अनुसार लोकसेवा पदाधिकारी नियुक्ति गदैं जाने हो भने आयोग पदाधिकारी भर्तीकेन्द्र बन्न सक्छ’ संबैधानिक परिषद्कै एक सदस्यले भने, ‘यो अभ्यासले अहिलेसम्म सक्षम र विश्वासनीयता कायम रहेको लोकसेवा आयोग पनि कामै गर्न नसक्नेगरी थला पर्छ ।’

बुधबारको संबैधानिक परिषद बैठकमा प्रधानन्त्रीको प्रस्तावमा पूर्वसचिव उमेश मैनालीलाई आयोगको अध्यक्ष र दलीय भागवण्डाका आधारमा गोविन्द कुसुम, श्रीपुरुष ढकाल, अशोककुमार झा र कृष्णचन्द्र झाको नाम प्रस्तावित गरिएको थियो ।

परिषद् बैठकमा सभामुख सुवास नेम्बाङले महिला छुटेको भनेर प्रश्न उठाएपछि उनकै प्रश्तावमा पूर्वसचिव विन्द्रा हाडा भट्टराईको नाम प्रस्तावित भएको थियो । परिषद् बैठकमा नयाँ नाम सिफारिसको अभ्यास सुरु भएपछि मधेसी कोटाबाट पनि दुवै जना झा थरका उच्चजातीय समूहबाट मात्र प्रस्ताव आएको भन्दै प्रधान न्यायाधिस रामकुमारप्रसाद साहले असहमति प्रस्तुत गरे ।

उनले प्रायजसो मधेसी कोटामा मधेसका उच्चतहका जात र वर्गकालाई नियुक्त हुँदै आएको भन्दै समावेशीतामा मधेसभित्रको पनि सभावेशीता हेर्न उनले सुझाएका थिए । त्यसपछि प्रधानमन्त्रीले उनलाई पनि प्रस्ताव गर्न भनेपछि ब्रम्हदेव रायको नाम प्रस्ताव गरेका थिए ।

प्रस्तावसँगै ‘नेताहरुबीच समावेसी पनि देखिने र सर्बसम्मति पनि कायम हुँने’ भन्ने निष्कर्ष निस्किएपछि संबैधानिक परिषदले लोकसेवा आयोगका लागि सात सदस्यीय पदाधिकारी सिफरिस गर्यो ।
स्रोतका अनुसार परिषद्को सिफरिसबाट अध्यक्षका लागि सिफरिसमा परेका स्वयम् उमेश मैनाली नैं असन्तुष्ट बनेका छन् ।

‘आयोग गठन गर्दा पदाधिकारीको पनि हैसियत विचार गरिनुपर्छ’ अध्यक्ष सिफरिस भएका मैनालीको असन्तुष्टि उधृत गदैं स्रोतले भन्यो, ‘अधिकृतको अनुहारमा सिधा हेरेर बोल्न नसक्ने पदाधिकारीले सहसचिवको अन्तरवार्ता लिने र अयोगको गरिमा जोगाउन सक्छन् ?’

शुक्रबार अध्यक्षका लागि सिफरिसमा परेका मैनाली संसद् सचविालय परिसरमा पुगेर सभामुख सुवासचन्द्र नेम्बाङसँग भेट गरी बाहिरिएका थिए ।


  •  
  •  
  •