लोकसेवा पदाधिकारीकाे नाम अनुमोदित

123
  •  
  •  
  •  

umesh mainaliकाठमाडौं,  ८ चैत (ओएनएस) : संसदीय सुनुवाई विशेष समितिले लोकसेवा आयोगमा सिफारिश गरिएका सात पदाधिकारीको नाम अनुमोदन गरेको छ ।

समितिले आइतबार सकेको सुनुवाईपछि ६ पदाधिकारीको नाम सर्वसम्मत र १ जनाको बहुमतबाट अनुमोदित गरेको हो ।

संबैधानिक परिषदले सफारिश गरेकोमध्ये कृष्णचन्द्र झाको नाम बहुमतबाट अनुमोदन गर्दा अध्यक्षमा सिफारिश भएका पूर्वगृह सचिव उमेश मैनाली तथा सदस्यमा सफफारिश भएका अशोककुमार झा, श्रीपुरुष ढकाल, ब्रह्मदेव राय, गोविन्द कुसुम र वृन्दा हाडाको नाम सर्वसम्मतबाट अनुमोदन गरिएको हो ।

कृष्णचन्द्र झाको बिरुद्धमा एमाओवादीका गिरीराजमणी पोखरेल र समाजवादी पार्टीका अध्यक्ष प्रेमबहादुर सिंहले मत दिएपछि उनको नाम बहमुतबाट अनुमोदन भएका हो । अनुमोदनपछि समितिले नियुक्तको लागि नाम राष्ट्रपतिको लागि पठाउनेछ ।


  •  
  •  
  •