मुख्यमन्त्रीद्वारा दुःख व्यक्त

358
  •  
  •  
  •  

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पूर्वी लमजुङको दोर्दीखोलामा आएको बाढीका कारण भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

बाढीमा परी ज्यान गुमाउने माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् परियोजनाका कामदारप्रति श्रद्धाञ्जलि व्यक्त गर्दैै उनले शोकसन्तप्त परिवार तथा आफन्तप्रति समवेदना व्यक्त गरेका छन् ।

मुख्यमन्त्री गुरुङद्वारा जारी विज्ञप्तिमा बेपत्ताहरु सकुशल फेला पर्ने अपेक्षासहित खोजी, उद्धार र राहतका लागि जुट्न सबैमा आग्रह समेत गरिएको छ ।

मुख्यमन्त्री गुरुङले यस किसिमको प्राकृतिक विपत्ति आउनसक्ने सम्भावनालाई ध्यान दिँदै आवश्यक पूर्वतयारीमा जुट्न र सावधानी अपनाउनसमेत सबैमा आग्रह गरेका छन् ।

दोर्दीखोलामा निर्माणाधीन जलविद्युत् आयोजनाको काम गर्दै गरेका कामदारलाई बाढीले बगाएको थियो ।
यही साउन ८ गते आएको बाढीमा चारको शव फेला परेको छ भने ६ जना अझै बेपत्ता भएका छन् ।  उनीहरुको खोजी भइरहेको जनाइएको छ ।


  •  
  •  
  •