गठबन्धनबाट बनेको सरकार जुनसुकै बेला परिवर्तन हुन सक्छ : पृथ्वीसुब्बा गुरुङ

103
  •  
  •  
  •  

कास्की । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बदलाको भावमा सरकार परिवर्तन गरिएको बताएका छन् । मुख्यमन्त्री निवासमा पत्रकारसँग कुरा गर्दै गुरुङले कोरोनाको महामारीमा सत्ता परिवर्तन र केन्द्रीय राजनीति प्रदेशमा केन्द्रित हुनु गलत भएको बताए । मुख्यमन्त्री भएपछि केन्द्रमा महत्त्वपूर्ण काममा बाहेक अघिपछि समय दिन नसकिएको भन्दै उनले अब पार्टीलाई सङ्कटबाट जोगाउने समय आएको बताए ।

यस्तै उनले गठबन्धनबाट बनाइएकाे सरकार जुनसुकै बेला पनि परिवर्तन हुन सक्ने भन्दै राजनीतिक नेताको कुण्ठाको कारण एमाले सरकार विस्थापित हुन पुगेको बताए ।

यस्तै उनले दीपक मनाङेबाट धोका पाएको टिप्पणी गरेका छन् । ‘मैले सोचेँ राजनीतिमा,रत्नाकर डाँकु पनि वाल्मिकी बन्न सक्छ भने, एउटा समाज चु तिया हिजो डाँकुको सरदार थियो, हाम्रो दीपक मनाङे हामीजस्तै एउटा राजनीतिज्ञ किन बन्न सक्दैन, म सुध्रिन्छु, समाजसेवामा आउँछ भने किन सक्दैन, मैले त्यसलाई सघाएको हो’,आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले भने,‘कहिले कहिले के हुन्छ भने सबै डाँकुहरु वाल्मिकी त हुँदो रहेछन् ।’मनाङेलाई आफैले चुनावमा सघाएकोमा पछुताउ पनि व्यक्त गरे ।
‘आँगनमा धतुरो रुख पाल्ने अनि अमृत पाउँदैन कसैले । त्योभन्दा ठूलो धोका के हुन्छ रु’,उनले भने,‘उसलाई चुनाव जिताउने मै हो ,अब म यस्तो गर्दिन, चुनाव लड्छु, समाजसेवा गर्छु भनेर एमाले प्रवेश गरेको हैन रु उहाँलाई सभासदको रुपमा सपथ गर्न सभामुख नै मान्नु भएको थिएन, यहाँका सांसद मानेका थिए रु अवसर दिने मै हो । म त हिजोदेखि ल्याएको हो नि ।’


  •  
  •  
  •