संघीय गठबन्धनद्वारा आन्दोलनका कार्यक्रम तय, कहिले कहाँ ?

132
  •  
  •  
  •  

काठमाडौँ, ५ जेठ(ओएनएस) : संघीय गठबन्धनले आगामी जेठ ६ गतेदेखि १७ गतेसम्मका लागि विभिन्न आन्दोलनको कार्यक्रम तय गरेको छ ।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा तीनकुनेमा बसेको बैठकले संविधानको पुनःलेखनको माग राख्दै गरेको आन्दोलनलाई निरन्तरता दिने निर्णयसहित आन्दोलनका कार्यक्रमहरू पनि तय गरेको हो ।

बैठकले आफ्ना माग पूरा नभएसम्म निरन्तर आन्दोलन जारी राख्ने निर्णय गर्दै १२ दिने आन्दोलनको कार्यक्रम तय गरेको हो ।

आन्दोलनका कार्यक्रम अनुसार काठमाडौँका मुख्य सडक तथा स्थलहरूमा जुलुस निकाल्ने भएका छन् । उक्त कार्यक्रमका लागि गठबन्धनमा रहेका दलहरूलाई जिम्मेवारी दिइएको छ ।

गठबन्धनले १० दिनसम्म आन्दोलनलाई काठमाडौँ केन्द्रित बनाउने र अन्तिम दुई दिन अर्थात् जेठ १६ र १७ गते क्रमशः वीरगञ्ज र पोखरामा आमसभा गर्ने भएको छ ।

कुन दिन कहाँ हुँदैछ आन्दोलनका कार्यक्रम ?

जेठ ६ गते
कार्यक्रम स्थल- मंगलबजार दरबार, समय ४ बजे ।

जेठ ७ गते
कार्यक्रम स्थल- नयाँ बानेश्वर, समय ४ बजे

जेठ ८ गते
कार्यक्रम स्थल- स्वयम्भू, समय ३ बजे ।

जेठ ९ गते
कार्यक्रम स्थल- चावहिल चोक, समय ४ बजे ।

जेठ १० गते
कार्यक्रम स्थल- कीर्तिपुर-नयाँ बजार, समय ४ बजे

जेठ ११ गते
कार्यक्रम स्थल- भक्तपुर-न्यातपोल, समय ४ बजे ।

जेठ १२ गते
कार्यक्रम स्थल- बालाजु वाइपास, समय ४ बजे ।

जेठ १३ गते
कार्यक्रम स्थल- कलंकी चोक, समय ४ बजे ।

जेठ १४ गते
कार्यक्रम स्थल- मध्यपुर ठिमी, समय ४ बजे ।

जेठ १५ गते
कार्यक्रम स्थल- बसन्तपुर- जुद्ध शालिक, समय ४ बजे ।

जेठ १६ गते
वीरगञ्ज: र्‍याली एवं विरोध सभा
व्यवस्थापन: संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा

जेठ १७ गते
पोखरा: र्‍याली एवं विरोध सभा
व्यवस्थापन: तमुवान संयुक्त संघर्ष समिति


  •  
  •  
  •