नाकाबन्दीको विरोधमा नर्वेको संसद भवन अगाडि विरोध प्रदर्शन

291
  •  
  •  
  •  

काठमाडौँ, ५ मंसिर(ओएनएस) : भारतले गरेको अघोषित नाकाबन्दीविरुद्ध नेपालीहरूले नर्वेको संसद् भवनअगाडि प्रदर्शन गरेका छन् ।

प्रदर्शनमा सहभागी नेपालीहरूले ब्याक अफ इण्डिया र नेपालको पारवाहन अधिकार वञ्चित गर्न पाइदैन जस्ता नारा लेखिएका प्लेकार्ड लिएर उपस्थित भएका थिए । विरोध कार्यक्रममा गैर आवसीय नेपाली संघ, जनप्रगतिशिल मन्च, जनसम्पर्क समिति, प्रवासी नेपाली मञ्चसहितका हेल्पिङ्ग ह्यान्ड्स फर नेपाल, नर्वे नेस्को, हेल्पिङ्ग ह्यान्ड्स फर नेपाल, विवेककशिल नेपाली र नेप्सा लगायतका संघ संस्था उपस्थित थिए । उक्त प्रदर्शनमा सहभागी हुनका लागि राजधानी ओस्लो बाहिरदेखि पनि सयौं नेपाली आएका थिए ।

नेपालीहरुले नाकाबन्दी फिर्ता लिन दवाब दिन नर्वेस्थित भारतीय दुतावासमा ज्ञापनपत्र बुझाउन भने पाएनन् । भारतीय दूतावासका कर्मचारीले माथिको आदेश भन्दै नेपालीको ज्ञापनपत्र बुझ्न नमानेको हो ।

तस्विर : नेपालजापान डट कम


  •  
  •  
  •